News Portal

  • गम्भीर समुन्द्र सेतु माविमा बाल महोत्सव

    इभक्तपुर संवाददाता
    २४० पटक

    ललितपुर । ५९ औं बाल दिवसको अवसरमा इमाडोलस्थित गम्भीर समुन्द्र सेतु माध्यमिक विद्यालयमा पालिकास्तरिय तेस्रो बाल महोत्सवको आयोजना गरिएको छ । जसमा महालक्ष्मी नगरपालिका भरीका १४ सामुदायिक र केही निजी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

    नगरप्रमुख हरिगोविन्द श्रेष्ठले उदघाटन गरेको उक्त बाल महोत्सवमा दिनभर बालबालिकाहरुले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा विज्ञान, गणित, सामाजिक, इञ्जिनियरिङलगायत विषयसँग सम्बन्धित विद्यार्थीहरुले तयार पारेका सामग्रीहरुको दर्जन बढी स्टलहरुको प्रदर्शनसमेत गरिएको थियो । साथै, दर्जनौं ज्ञानवद्र्धक खेलहरुको स्टलहरु पनि राखिएका थिए ।

    हरेक आगुन्तक विद्यार्थीहरुलाई विद्यालय प्रवेश गर्दा गेटमै खाजाकोसहित ३ वटा कुपनहरु दिइएको थियो । जसमार्फत् विद्यार्थीले छानेर कम्तिमा ३ वटा खेल ३ पटकसम्म निशुल्क खेल्न पाउने र विजेतालाई पुरस्कारसमेत प्रदान गरिएको थियो । विभिन्न प्रस्तुति देखाएका आमन्त्रित विद्यालयका विद्यार्थीहरुले प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

    विद्यालय परिसर नै सास्कृति, शैक्षिक, ज्ञानवद्र्धक सामग्रीहरुको प्रदर्शनीले ढाकिएको थियो भने हरेक विद्यार्थीले स्वस्फुर्तरुपमा त्यसमा सहभागिता जनाइरहेका थिए । गम्भीर समुन्द्र सेतु माविका स्काउट, तेक्वान्दो र इञ्जिनियरिङका विद्यार्थीहरुको विशेष प्रस्तुती हेर्न लायक थिए । अझ रमाइलो कुरा सबै कार्यक्रम सञ्चालन र व्यवस्थापन सबै विद्यार्थीहरुले नै गरेका थिए । महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले बाल महोत्सवले साच्चिकै बाल दिवसको झल्को दिएको बताए । महोत्सवले बालबालिकालाई प्रतिभा प्रष्फुटनसँगै खेल्दै सिक्ने, गर्दै सिक्ने, निर्धक्क कुरा राख्न सक्ने, निस्फिक्री रमाउने अवसर प्रदान गरेको उनको भनाइ थियो ।

    नगर प्रमुख श्रेष्ठले बाल महोत्सवमा विद्यार्थीहरुको सक्रिय सहभागिता, सिर्जनशीलता र कला प्रदर्शनीले पालिकालाई विद्यालयहरुलाई अझ भौतिक र आर्थिक सहयोग गर्न हौसाएको बताए । कार्यक्रममा अनिवार्य शिक्षा कार्यक्रमअन्तर्गत यसअघि विद्यालय बाहिर रहेर हालै मात्रै विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई नगरप्रमुख श्रेष्ठले पोशाक, झोला, जुक्तालगायतका शैक्षिक सामग्री वितरण गरेका थिए ।

    कार्यक्रममा महालक्ष्मी नगरपालिका २ नम्वर वडाका वडाध्यक्ष ध्रुव खत्रीले यस्ता बाल महोत्सवले विद्यार्थीको प्रतिभा प्रस्फुटन र सिकाइको दायरा फराकिलो पार्ने अवसर प्रदान गर्ने धारणा राखेका थिए । यस्तै विद्यालयका विव्यस अध्यक्ष केदारकुमार केसीले विद्यालयको अवस्था र आवश्यकताअनुरुप लगानी बढाउनुपर्नेमा जोड दिएका थिए । विद्यालयमा विद्यार्थी संख्या वर्षेनी बढिरहेको भएपनि सोही अनुपातमा शिक्षक दरवन्दी नबढेको दुखेसो गर्दै विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    यसैगरी विद्यालयधका प्रधानाध्यापक देवेन्द्र महर्जनले विद्यालय निरन्तर गुणस्तरिय, मर्यादित, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्न क्रियाशील रहेको बताए । बालबालिकामा विभिन्न प्रतिभा हुने भएपनि प्रस्फुटनको अवसर नपाउँदा त्यसै मरेर जाने भन्दै अवसर प्रस्फुटनको अवसरका प्रदान गर्नकालागि विदालयले नियमित बाल महोतसव गर्दै आएको स्पष्ट पारे ।

    कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी महर्जन, नगर शिक्षा प्रमुख चिरञ्जीवी पौडेल, विद्यालयका सल्लाहकार समितिका अध्यक्ष विजय बानिया, सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नन्दकुमार न्यौपानेलगायतले बालबालिकामा अझै लगानी बढाउनुपर्ने धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...