
भक्तपुर प्रहरीले जुवातास खेलेको अभियोगमा १० बिदेशीलाई नियन्त्रणमा लिइएको छ । भक्तपुर-७ मा अस्थायी रुपले बस्दै ब्यवसाय गर्दै आएका भारतको कलकत्ता घर भएका १० जना इनाचोबाट पक्राउ परेका हुन् । सोमबार साँझ हारजीत हुने गरि जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी बसन्त पाठकले पुष्टि गरेका छन् । पक्राउ पर्नेमा धेरैजसो युवा रहेका छन् । जुवाखालबाट ७३ हजार नगर समेत बरामद गरिएको प्रहरीले जनाएको छ । परिसरमा राखी उनीहरु उपर कार्वाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरु देहायबमोजिम छन् ।