सरकार सञ्चालकले पनि गल्ती गरे सजाय भोग्नुपर्छ भन्ने मान्यता स्थापित गर्यौं : प्रवक्ता शर्मा

लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रूपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लेखेको र संविधानसभाबाट जारी भएको संविधानले विभिन्न मौलिक अधिकार स्थापित गरेको छ । संविधान जारी भएको लामो समयसम्म पनि केही महत्त्वपूर्ण कानुन निर्माण हुन सकेका छैनन् । यद्यपि, सरकारले केही महत्त्वपूर्ण कानुन निर्माणको कामलाई अगाडि बढाएको छ । संविधानसँग जोडिएको शान्ति प्रक्रियाको कामले पूर्णता पाउन सकेको छैन । त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । प्रस्तुत छ, संविधान दिवस, सरकारको काम कारबाहीलगायतका विषयमा नेपाल सरकारको प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग राष्ट्रिय समाचार समिति (रासस) का आलेख शाखा प्रमुख कृष्ण अधिकारी र समाचारदाता रमेश लम्सालले गरेको अन्तर्वार्ताको सम्पादित अंश : नेपालको संविधानको कार्यान्वयनको अवस्था कस्तो पाउनु भएको छ ? तत्कालीन राजनीतिक शक्ति सन्तुलनका आधारमा नेपालको संविधान निर्माण भएको हो । यसबिचमा केही महत्त्वपूर्ण काम भएका छन् । दलहरूको उपस्थिति र शक्ति सन्तुलनका आधारमा संविधान … Continue reading सरकार सञ्चालकले पनि गल्ती गरे सजाय भोग्नुपर्छ भन्ने मान्यता स्थापित गर्यौं : प्रवक्ता शर्मा