News Portal

  • दीप प्रज्जलन गरी भक्तपुरमा माओवादी केन्द्रले मनायो संविधान दिवस

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ असोज २०८०
    ४८६ पटक
    भक्तपुर, ३ असोज २०८०

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले भक्तपुरमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ । बुधवार साँझ स्थानीय सहित नेता कार्यकर्ता सहभागी भई दीप प्रज्जलन गरी संविधान दिवस मनाइएको हो ।

    भक्तपुर नगरपालिकामा वडा नम्बर २ को आयोजनामा ब्यासीस्थित नगरपालिका कार्यालय अगाडि एक कार्यक्रम गरी दीप प्रज्जलन गरिएको वडा सचिव विकास पन्चले बताए । वडा अध्यक्ष बिरेन्द्र बासुकलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवं माओवादी रुपान्तरण अभियानका भक्तपुर इन्चार्ज दीर्घराज श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

    दीप प्रज्जलन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठले वर्तमान संविधान माओवादी जनयुद्धको जगमा आएको अग्रगामी संविधान भएको उल्लेख गरे । संघीयता, धर्म निरपेक्षता, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका परिवर्तन बोकेको संविधान अझैसम्म आवश्यक कानुन बन्न नसक्दा पुरै कार्यान्वयनमा आउँन नसकेको उनले बताए । हजारौ शहिदको शहादत बाट प्राप्त संविधान माथि प्रतिक्रान्तिकारीहरुको धावा कायमै रहेकोले क्रान्तिकारीहरुले संविधानमा भएका जनताको अधिकार र जनजीविकाको सुरक्षा बारे सचेतना फैलाउदै यसको कार्यान्वयन पक्ष बलियो बनाउन दबाब दिनुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा केन्द्रीय सदस्य उमा कपाली, जिल्ला संयोजक सुनिल गोठे, प्रदेश सदस्य साजन प्रजापति, नगर अध्यक्ष राकेश सुवाल, उपाध्यक्षहरु नारायण त्वायना, रोशन बासुकला, सचिव बिक्रम ह्यांगो लगायतको आतिथ्यता रहेको कार्यक्रम संचालक चन्द्रमान कोजुले जानकारी गराएका छन् ।

    त्यसैगरी भक्तपुरको मध्यपुर थिमिमा पनि संविधान दिवसको अवसरमा बुधवार दीप प्रज्जलन गरिएको छ । वडा नम्बर ४ स्थित दुई पोखरी र बालकुमारी मन्दिर प्रांगणमा सरसफाई तथा दीप प्रज्जलन गरी संविधान दिवसको कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाका उपमेयर समेत रहेका पार्टीका नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले बताए । दुई पोखरीस्थित शहिद बैकुण्ठहरी श्रेष्ठको शालिक अघि उभिएर सहभागीहरुले शहिद बैकुण्ठहरिर सविन श्रेष्ठका साथै सम्पूर्ण शहिदप्रति सम्मान व्यक्त गर्दै संविधान र परिवर्तनको रक्षाको लागि लागिरहने प्रण समेत गरे ।

    madhyapurmaoist

    madhyapurmaoist

    सो अवसरमा पार्टीका केन्द्रीय सदस्य केशव नेपाल, जिल्ला संयोजक सुनिल बासु, केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा, शिवहरि खनाल, प्रदेश सद्स्य बालकृष्ण दुगु, इन्द्रमायासुवाल, डिपी थपलिया र बाजुराम गिरी त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, भक्तपुर उपाध्यक्ष बाबुकाजी श्रेष्ठ र नगर अध्यक्ष रत्नकाजी प्रजापति युवा नेता बेद खरेल, राजु कुटुका साथै विद्यार्थी नेताहरु प्रकाश केसी, रमेश खड्का, रेशम श्रेष्ठ, पार्वती शर्मा, प्रदिप तज र दानबहादुर रावत लगायतको पनि उपस्थिति रहेको प्रदिप श्रेष्ठले बताए ।

    माओवादी केन्द्रको सूर्यविनायक नगरमा पनि संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्जलन गरिएको नगर सचिव सनिस लागेजुले जनाएका छन् । वडा नम्बर ८ स्थित आशापुरेश्वर मन्दिर परिसरमा सरसफाई र दीप प्रज्जलन गरिएको उनले बताए ।

    चाँगुनारायणमा भने नगर बैठक गरी संविधान कार्यन्वयनको अवस्था, चुनौती र माओवादी केन्द्रको कार्यभार बारे प्रवचन कार्यक्रम गरी संविधान दिवस मनाइएको नगर अध्यक्ष नरेश खड्काले जानकारी गराएका छन् ।

    नेपालको मूल कानुनको रुपमा रहेको संविधान, २०७२’ मा ३५ भाग ३ सय ८ धारा र ९ अनुसूची रहेका छन् । २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । जनताले चुनेर पठाएका सभासद्ले संविधान सभाबाट संविधान निर्माण गरेर कार्यान्वयनमा आएको ८ वर्ष पूरा भएको छ । अझैपनि सयौं कानुनहरु बन्न नसक्दा संविधान कार्यान्वयनमा समस्या रहेको देखिन्छ । यस संविधानका लागि तत्कालिन व्यवस्था बिरुद्ध लडाई गरेका तत्कालिन जनयुद्धका कमान्डर प्रचण्डकै नेतृत्वमा बर्तमान सरकार रहेकाले संविधान कार्यान्वयनमा आवश्यक कानुन निर्माण कार्यलाई प्राथमिकता पूर्वक अघि बढाई संविधानलाई पूर्णता दिने प्रयास भैरहेको नेकपा माओवादी केन्द्रको जिकिर छ ।

    सरकारको प्रवक्ता रहेकी मन्त्री रेखा शर्माले सङ्घीय शिक्षा ऐन संसदमा पेस भइसकेको र निजामती ऐन पनि अन्तिम चरणमा रहेको जनाएकी छन् । गृह मन्त्रालयले प्रहरी ऐनलाई पनि अन्तिम चरणमा पुर्‍याएको र स्थानीय सरकार र प्रदेश सरकारलाई बलियो बनाउने केही ऐन पनि निर्माणको चरणमा रहेको उनले बताइन । संविधानसँग जोडिएका कतिपय विषयलाई थप प्रष्ट पारेर कानुन निर्माणको काममा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । योसँगै शान्ति प्रक्रियासँग जोडिएको महत्त्वपूर्ण विषय सत्य निरूपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विधेयक विधेयक उपसमितिले करिब टुङ्गोमा पुर्‍याएकाले यसलाई यसै अधिवेशनमा निष्कर्षमा लैजान प्रयासरत रहेको उनले खुलासा गरिन् ।

    यो पनि पढ्नुस् 

    सरकार सञ्चालकले पनि गल्ती गरे सजाय भोग्नुपर्छ भन्ने मान्यता स्थापित गर्यौं : प्रवक्ता शर्मा

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...