News Portal

  • भक्तपुर पोष्टका सम्पादक घिमिरेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

    बाबुराम दाहाल भक्तपुर, ६ असोज २०८०
    ३९० पटक
    sanjeep ghimire shubhachintak receiving award from press council Nepalभक्तपुर, ६ असोज २०८०

    भक्तपुर पोष्टका सम्पादक संजीप घिमिरे शुभचिन्तक प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेससम्बन्धी नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले घिमिरेलाई पुरस्कृत गरेको हो ।

    शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता एवं काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा शीतल निवासमा सम्पन्न प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहका बीच संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्पादक घिमिरेलाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरेकी हुन् । यस पुरस्कारको राशी नगद रु १० हजार रहेको छ । घिमिरे संगै यस वर्षको युवा पत्रकारिता पुरस्कार देशभरबाट १९ जना पत्रकारलाई प्रदान गरिएको छ । पत्रकारहरु पाण्डव शर्मा, मिन ठकुरी, वीरेन्द्र केसी, संजीप घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदिश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवस डिसी र ओमकार आचार्यले युवा पत्रकारिता पुरस्कार पाएका छन् ।

    प्रेस काउन्सिलले यस वर्ष भक्तपुरका थप २ जनालाई समेत पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा पत्रकारद्वय रमेश गिरी र रामकला खड्का रहेका छन् । उनीहरु क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

    क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारले पाएका छन् । पत्रकारहरु विमल ज्ञवाली, जीवन भण्डारी, शङ्कर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज (मोहन) बाँस्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमणले क्रियाशील पत्रकारिता पुरस्कार पाएका हुन् ।

    त्यस्तै प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईं, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्काले प्राप्त गरेका छन् । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्दिकीले प्राप्त गरेका छन् । प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमले पाएका छन् । प्रेस काउन्सिल साहित्यिक पुरस्कार हिमाल गुँरास द्वैमासिकका खिमानन्द पोखरेलले पाएका भएका छन् भने प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडी लाई प्रदान गरिएको छ ।

    प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार पत्रकार सागर पण्डित र चुडामणि भट्टराईले प्राप्त गरेका छन् भने प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, राममणि दाहाल र माधवसिंह धामी लाई दिइएको छ ।

    यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ भने प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईले पाएका छन्।

    काउन्सिलले १६ जना अग्रज पत्रकारलाई वार्षिकोत्सवका अवसरमा सम्मान समेत गरेको छ । सम्मानित हुने पत्रकारहरुमा विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्रजङ्ग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रविन्द्र घिमिरे, केदार भट्टराई, मोती पौडेल, कृष्ण अधिकारी, रमेश पौडेल, उदय जिएम र राजकुमार कार्की रहेका छन् ।

    यसवर्षको प्रेस काउन्सिल नेपाल उत्कृष्ट कर्मचारी पुरस्कार शाखा अधिकृत विष्णु शर्मा लम्साल र मिडिया अनुगमनकर्ता प्रेमचन्द्र बडुलाई प्रदान गरिएको छ । यस्तै कर्मचारी प्रोत्साहन पुरस्कार वरिष्ठ प्रशासन सहायक लक्ष्मी पौडेल र कार्यालय सहयोगी मनोजकुमार मण्डललाई दिइयो । २० वर्ष सेवाअवधि पुरा गरेको अवसरमा यसवर्षको दीर्घसेवा पदकबाट कुचीकार रमा द्योलालाई सम्मानित गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र पुनस्थापनापछि मिडिया क्षेत्रमा ठुलो बिकाश भएको बताएका छन् । पञ्चायतकालमा आफू पनि पत्रकार रहेको स्मरण गर्दै उनले पत्रकारिता परिवर्तन र बिकाशका लागि तथा जनतामा उत्पन्न भ्रमहरु चिर्न प्रभावकारी हुनुपर्ने स्पष्ट पारे ।

    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारले आचारसंहितामा रहेर पत्रकारिता गर्दा यसको गरिमा बढ्ने बताउदै यसका लागि प्रेस काउन्सिलले प्रेरित गर्नुपर्ने बताइन । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया आर्थिक रुपमा धरासायी हुदै गएका चर्चा गर्दै यसको संरक्षणमा राज्यले चासो र चिन्ता लिनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले प्रेससम्बन्धी कानुन निर्माणमा सरकार तीब्रताका साथ् अघि बढ्नपर्ने सुझाव दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...