News Portal

  • ‘सँझ्या साहित्य’ पुन: शुरु

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ६ असोज २०८०
    ५४९ पटक
    sajhya sahityaभक्तपुर, ६ असोज २०८०

    कला र कविताका लागि पाठक र कविको सेतु”सँझ्या साहित्य” पुन: सञ्चालनमा आएको छ । करिब १ दशक अघि शुरु भएको र पछिल्लो समय कोभिड लगायतका कारण स्थगित यो साहित्यिक कार्यक्रम पुन: शुरु भएको हो ।

    लामो समय पछि शनिवार मध्यपुर थिमिको शङ्खधर चोकस्थित द बिन्ज एन्ड बाइट्ज क्याफेमा “सँझ्या साहित्य” मार्फत कविहरुले आफ्ना कविता सुनाए । कार्यक्रममा १६ कविका कविता सुन्ने भनिए पनि १८ कविले आआफ्ना कविता सुनाएका थिए । सर्वप्रथम नयाँ पुस्ताकी कवि एवम् सञ्चारकर्मी कञ्चन जिआरले आजकल शीर्षकको रुमानी कविता सुनाइन् । अग्रजपुस्ताका कवि कृष्णमोहन जोशीले “समृद्धिको सपना देख्न”, सामना पहाडले “उस्तै रहेछ”, कवि एवम् पत्रकार जीतेन्द्र रसिकले “अक्षरका कथा”, विक्रम पवन परियार्ले “वीर योद्धासँगको प्रेम”, रमी प्रियाले “प्रेमको क्षितिज”, अविनाश भट्टराइले “आगो”, ईश्वर थोकरले “याद”, विष्णुकला राईले “जाभामा कफी” शीर्षकका कविता सुनाए ।

    त्यस्तै नेपालभाषाका कवि ॐ कृष्ण श्रेष्ठले “पानी”, चर्चित कवि उमेश अकिञ्चन राईले “घामलाई प्रश्न” अनिता महर्जनले “मलाई मार्छौ किन”, शोभा सरभले “इच्छा” हिमाल चन्द्र बरालले “शासकको अन्त्य”, तेजकृष्ण श्रेष्ठले सुसेली कविता सुनाए ।

    सँझ्या साहित्यका हरिहर तिमिल्सिनाले एक कविता सुनाए भने अभय श्रेष्ठले तीन कविता सुनाएका थिए । उक्त अवसरमा कवि एवम् समालोचक महेश कार्की क्षितिजले पनि आफ्नो कविता पास्किए ।

    वाचित कवितामाथि कवि एवम् समालोचक कार्कीले समीक्षात्मक टिप्पणी समेत राखका थिए । अभय श्रेष्ठको कविता र कताकारिताका बारे टिप्पणी गर्दै उनले आउन लागेको कविता सञ्चयन “लहना र तिर” ले नेपाली कवितामा धमाका मच्चाउने र अमिट छाप छोड्ने बिश्वास व्यक्त गरे ।

    सँझ्याका अभियन्ता, कवि एवम् पत्रकार रामगोपाल आशुतोषले सँझ्याको शुरुवातीदेखिका क्रियाकलाप र भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रमका रूपरेखा प्रस्तुत गरेका थिए । प्रत्येक महिनाको दोस्रो शनिबार तीन पुस्ताका कविलाई ससम्मान मञ्चमा प्रस्तुत गर्ने बताउँदै उनले खल्तीमा कविता बोकेर आफ्नो सुनाएर खल्तीमा कोचेर लुसुक्क हिँड्ने कविलाई सँझ्या साहित्यले निरुत्साहित गर्ने र सुनाउने तथा सुन्ने चौतारी बनाउने बताए । सँझ्या सबैको साझा भएको र यसले विशुद्ध पाठक र कविताको सेतुको रूपमा काम गर्ने साहित्यिक अभियन्ता आशुतोषको भनाइ छ ।

    सँझ्या साहित्यको सहआयोजक चाक्ला फल्चा रहेको छ भने मिडिया पार्टनरमा भक्तपुर पोष्ट, ग्रेस एफएम १०७.६ र सारङ्गी न्युज रहेका छन् । सँझ्यामा नवीन प्रकाश श्रेष्ठले व्यवस्थापकको जिम्मेवारी पाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...