News Portal

  • बिजुक्छे र नेमकिपामाथि राप्रपा नेता मिश्रको प्रहार, माओवादी नेता डिपी ढकालको प्रतिवाद

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ असोज २०८०
    ६५५ पटक
    rabindra dpभक्तपुर, ७ असोज २०८०

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा देख्न पाइयोस् भनी प्रार्थना गर्ने गरेका पूर्व पत्रकार एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पूर्वराजाको भक्तपुर भ्रमणबाट उत्साहित भएका छन् ।

    पूर्वराजा ज्ञानेन्द्र आइतवार दिउँसो भक्तपुर आएका थिए । उनले दरवारस्क्वायरस्थित तलेजु भवानी र त:मारीको भैरवनाथको दर्शन गर्दा ठुलो संख्यामा राजावादीहरु उनलाई हेर्न आएका र उनको जयजयकार गरेका थिए ।

    गणतन्त्रवादी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ भक्तपुरमा पूर्व राजा ज्ञानेन्द्रको यात्रा अत्यन्तै अर्थपूर्ण भएको मिश्रको भनाइ छ । ”भक्तपुरको ठूलो नेवा: समुदाय व्यापक रूपमा राजाको समर्थनमा उत्रिएको देखियो।” उनले दावी गरे । भक्तपुर नारायणमान बिजुक्छेको नेमकिपाको गढ भएपनि राजाको समर्थनमा जनता आउने के संकेत गर्छ? उनले सामाजिक संजालमार्फत प्रश्न गरेका छन् । पूर्व राजाको भक्तपुर भ्रमणमा देखिएको विशाल उपस्थितिको ठूलो राजनीतिक अर्थ हुने जिकिर गर्दै उनले राजा, राजनीतिक दल र जनताबीच नवीनसमझदारीलाई गणतन्त्रबादीहरुले रोक्न सक्ने छैनन् भनी ठोकुवा गरेका छन् । उनले गणतन्त्रवादी शक्तिलाई ‘प्रचण्ड पथगामी’ को संज्ञा समेत दिएका छन् ।

    पूर्वपत्रकार समेत रहेका राप्रपा नेता मिश्रले भक्तपुरको विशाल उपस्थितिलाई कतिपय मिडियाले न्यूनिकरण गर्न खोज्ने र देश बिगार्न राजनीतिकर्मीभन्दा बढी जिम्मेवार तीनै भएका समेत आरोप लगाएका छन्।

    राप्रपाका बरिष्ठ उपाध्यक्ष एवं राजावादी नेता रविन्द्र मिश्रलाई जवाफ फर्काउदै भक्तपुरका बौद्धिक नेता एवं नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालले भक्तपुरमा राजा भूपतिन्द्र मल्लको शालिक हेर्न समेत ठुलो भिड लाग्ने गरेकाले शाह बंशका र देशकै अन्तिम राजा हेर्न आएका सबैलाई राजावादी घोषणा नगर्न सुझाव दिएका छन् ।

    नेपालका अन्तिम राजा कस्ता रहेछन भनेर हेर्न केही मान्छे जम्मा भएको घटनालाइ भक्तपुर कम्युनिस्ट किल्लामा कतिधेरै राजावादी रहेछन भनेर प्रचार गर्नु आत्मरती बाहिक केहि नभएको उनको भनाइ छ । ‘रबिन्द्र मिश्र ज्यु ! पाहुना जो सुकै आओस उसलाइ सम्मान गर्नु हामी भक्तपुरका जनताको परमपरा हो । त्यसैलाई लिएर अब तिमीहरु पनि राजावादी भयौ भनेर घोषणा चै नगरेको भए हुने कि!’ उनले भनेका छन् ।

    त्यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल बासुले चिहानमा मुर्दा जलाइ सकेपछि पनि केही तातो बाँकी रहने तर त्यो मान्छेको श्वास नरहे जस्तै मृत राजतन्त्रमा जीवन नखोज्न सुझाव दिएका छन् । आफ्नै दरबार भित्रको राजपरिवार बचाउन नसक्ने राजतन्त्रले ‘ देश बचाउने भन्नु हुटिट्याउले आकाश थाम्ने भन्नु जस्तै भएको उनको भनाइ छ ।

    नेपाल मजदुर किसान पार्टीको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...