News Portal

  • भक्तपुरकी सिडिओ श्रेष्ठले मागिन् सुझाव

    बाबुराम दाहालभक्तपुर, ८ असोज २०८०
    ११५९ पटक
    roshani shreshtha cdoभक्तपुर, ८ असोज २०८०

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठले पत्रकारसंग सुझाव मागेकी छन् । जिल्लाको शान्तिसुरक्षा, सुशासन र अपराध नियन्त्रण लगायतका विषयलाई कसरी प्रभावकारी पार्ने भन्ने विषयमा उनले सुझाव मागेकी हुन् ।

    बिहीवार पदबहाली गरेकी सिडिओ श्रेष्ठले पत्रकार महासंघसंग परिचयात्मक कार्यक्रमको आयोजना गरी सोमबार जिल्लाका विविध विषयमा जानकारी लिइन् । पत्रकार राज्यको चौथो अंग र समाजको सचेत प्रनिनिधि समेत भएकाले आफू पत्रकारसंग सहकार्य गर्दै अघि बढ्ने उनले बताइन । पत्रकारले दिने सूचनाका आधारमा सम्भावित अपराध रोक्न र भैरहेका अनियमितता र असामाजिक गतिविधिलाई अन्त्य गर्न सकिने उनले बिश्वास व्यक्त गरिन ।

    उक्त अवसरमा पत्रकारहरुले दशैँ तिहार जस्ता ठुला चाडपर्व नजिकिदै गएकाले हुनसक्ने चोरी, लुटपाटका घटना रोक्न प्रभावकारी योजना बनाउनुपर्ने, बजार अनुगमनलाई नियमित र प्रभावकारी पार्नुपर्ने, छ लेन सडकमा सवारी दुर्घटना न्यूनीकरणका विशेष योजना बनाउनुपर्ने, द्रुत मार्गका कारण हुनसक्ने दुर्घटना बारे सचेत रहनुपर्ने, दायाँबायाँ ट्रयाक खोल्नुपर्ने, खाल्डाखुल्डी पुर्नुपर्ने त्यस्तै सूर्यविनायक धुलीखेल सडक आयोजना समयमै सम्पन्न गर्न समन्वय गर्नुपर्ने र सार्वजनिक जग्गाको सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । त्यस्तै उनीहरुले सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता नगरेका, स्कूल शिक्षकले अपहेलित महसुस गरिरहेका र सरकारी अस्पतालमा उपचार गराउने बिरामीलाई घन्टौ कुर्नुपर्ने, भौतिक योजना तर्फ ठेक्का  लागेर पनि समयमै संरचना नबन्ने र बनेका पनि केही महिनामै बिग्रिएका बारे अवगत गराउदै कारवाही गर्न सुझाव दिएका थिए ।

    पत्रकारहरुले सिडिओ जिल्लामा संघीय सरकारको प्रमुख प्रतिनिधि भएकाले सरकार, व्यवस्था र राज्य लाई बलियो बनाउन जिम्मेवारी बहन गर्नुपर्ने र ससाना कुराले युवा पुस्तालाई विदेशिने बहाना दिनु नहुने बताए । सुशासन र बिकासका लागि कुनै कसर बाँकी नराख्न आग्रह गर्दै पत्रकारहरुले सरकारी काम सरल र सहज तवरले समयमै हुनुपर्नेमा जोड दिए ।

    उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला त्यसैगरी नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव संजीप घिमिरे शुभचिन्तक, संस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष विकल श्रेष्ठ कार्यसमिति सदस्य रामगोपाल तमखु, संजीवप्रसाद दुलाल, रुपक ढुंगाना त्यस्तै पत्रकार नवीना श्रेष्ठ, सुरेश सायजू, इन्दुल किसी, प्रदिप ढकाल, देवेन्द्र प्रजापति, अन्जिर सिंह बिक र बाबुराम दाहाल लगायत सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...