News Portal

  • मेयरको गुनासो : ख्वपको १० करोड ३८ लाख अझै आएन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ९ असोज २०८०
    ६९१ पटक
    sunil prajapati mayor bhaktapur cityभक्तपुर, ९ असोज २०८०

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य बीमा बोर्डले करिब रु. १० करोड ३८ लाख भन्दा बढी रकम सोधभर्ना नदिएको बताएका छन् । सम्झौताअनुसार बीमा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको ठुलो रकम बाँकी हुँदा अस्पतालाई आर्थिक समस्या परिरहेको उनले बताएका हुन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाको आयोजनामा भएको एकदिने कार्यशाला गोष्ठीमा बोल्दै उनले छिटो रकम सोधभर्ना गर्न स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका उनका स्वकीय सचिव कीर्तिका प्रजापतिले जनाएकी छन् ।

    गरिबका छोराछोरीहरु पढ्ने विद्यालयको लागि विद्यालय नर्स आवश्यक भएको नगर प्रमुख प्रजापतिले प्रष्ट पार्दै मन्त्रालयको आयोजनामा विद्यालय स्टाफ नर्सकै विषयमा भएको कार्यक्रममा सामुदायिक विद्यालयको प्रतिनिधित्व नभएको प्रति आपात्ति प्रकट गरे ।

    उक्त अवसरमामा प्रमुख प्रजापतिले हाल भक्तपुरका ५ वटा सामुदायिक विद्यालयहरुमा विद्यालय नर्सिङ सेवा प्रभावकारी रुपमा सञ्चालन भइरहेको जानकारी गराउंदै विद्यार्थी संख्या अनुसारको विद्यालय नर्स राख्ने निश्चित मापदण्ड भएको भए यो कार्यक्रम अझ प्रभावकारी हुने सुझाव समेत दिए ।

    विद्यालय नर्सहरुलाई समयसापेक्ष सेवा सुविधा, तालिम, नर्सहरुको जागिरको स्थायित्वको सुनिश्चितता आदिबारे स्वास्थ्य मन्त्रालयले आवश्यक पहल गर्नु जरुरी रहेको बताउँदै उनले नर्सहरुलाई औषधी वितरणको अधिकार नभएको हुँदा विद्यालयहरुमा हप्तामा एकपटक डाक्टरले परीक्षण गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

    मानसिक रोगसम्बन्धी विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्नु उपयुक्त हुने बताउँदै उनले विद्यालय नर्स सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति नै राम्रो हुनुपर्ने उल्लेख गरे ।

    कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभागका निर्देशक हिराकुमारी निरौलाको सभापतित्व रहेको थियो भने विद्यालय स्वास्थ्य कार्यक्रमका संयोजक बाला राईले कार्यक्रम बारे प्रकाश पारेकी थिइन् । उक्त अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. रविकान्त मिश्रले विद्यालय नर्सको नीति तथा कार्यक्रम र डा. ग्याम्पोले विद्यालय नर्स प्रवर्द्धनबारे प्रस्तुतीकरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...