News Portal

  • सविनको नेतृत्वमा निओ फ्युजन बाजा समूह लिवालिमा ४१ सदस्यीय कार्यसमिति निर्वाचित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ असोज २०८०
    ७८९ पटक
    भक्तपुर, १३ असोज २०८०

    निओ फ्युजन बाजा समूह लिवालि भक्तपुरको अध्यक्षमा धाँ बाजाका प्रशिक्षक सबिन लेबा निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट लेबाको अध्यक्षतामा ४१ सदस्यीय नयाँं कार्यसमिति गठन भएको हो ।

    यस अघि अध्यक्ष रहेका धिमे बाजा प्रशिक्षक उगेन बोयजुलाई चुनावी प्रतिस्पर्धीमा पराजित गर्दै सविन विजयी भएका हुन् । दुईवटा बाहेक अरु सवै पदका लागि निर्वाचन भएको थियो ।

    निर्वाचनबाट उपाध्यक्षमा विराज लोहला, सचिवमा प्रिजेन्ट कर्माचार्य, सहसचिवमा रेहान दुवाल, कोषाध्यक्षमा उमेश कर्मचार्य, सहकोषाध्यक्ष रोशन खयामली निर्वाचित भए । प्रतिस्पर्धीहरु क्रमश उपाध्यक्षमा रुपेश श्रेष्ठ र सचिवमा राजन लिबीलाई हराउँंदै उनीहरु विजयी भएका थिए । सहसचिव रेहान दुवाल र कोषाध्यक्षमा उमेश कर्मचार्य सर्वसम्मत भएका थिए । सहकोषाध्यक्षमा रोशन खयामली निर्वाचित भए । उनको प्रतिपक्षमा रञ्जित भलजु रहेका थिए । कार्यसमितिका पदाधिकारी बाहेक ३२ जना सदस्य रहेका छन् ।

    निर्वाचनबाट सल्लाहकारमा निओ फ्युजन स्कुल अफ कम्प्युटरका संचालक बालकृष्ण बनमाला, नवदुर्गा धिमे बाजा समूहका अध्यक्ष लक्ष्मीप्रसाद बनमाला, किसन दुकछु छानिएका छन् ।

    निओ फ्युजना बाजा समूहको स्थापना २०७५ सालमा भएको थियो । यसले २०७६ सालदेखि निरन्तर रुपमा सक्रिय भएर काम गरिरहेको छ । यसले ४ चोटी धिमे बाजा प्रशिक्षण, २ पटक धाँ बाजा र १ पटक पछिंमा बाजाको प्रशिक्षण दिइसकेको छ ।

    सल्लाहकार बालकृष्ण बनमालाले विभिन्न कार्यक्रमहरु गर्दै लैजाने बताएका छन् । नयाँ कार्यसमितिले आफैं सम्पदा पदयात्रा गर्ने, विविध कार्यक्रममा सहभागी हुने, अन्य प्रतियोगितामा सहभागी हुने उनको भनाइ छ । साथै, बनभोज कार्यक्रम प्रस्ताव गरी बनभोज गर्ने योजना रहेको बताए । यसवर्ष नीतिगत रुपमा बाजा समूहलाई नगरपालिकामा दर्ता गर्ने योजना रहेको बनमालाले बताए । त्यस्तै कार्यसमितिको  कार्यकाल २ वर्ष रहने उनले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...