भक्तपुर, १४ असोज २०८०पेयपदार्थ (स्लाइस) मा अखाद्य वस्तु भेटिएपछि पेप्सीकोलास्थित वरुण वेभरेज कारवाहीमा परेको छ । काठमाडौं महानगरपालिकाले वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
आइतवार गरिएको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिवाना गरिएको महानगरका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा अवधेश झाले जनाएका हुन् ।
जरिनावा रकम आगामी एक साताभित्र बैंक खातामा जम्मा गर्न अनुगमन टोलीले पत्र थमाएको छ । एक साता भित्र जरिवाना नबुझाए थप कारबाही हुने बताइएको छ ।
अनुगमन टोलीले वरुणलाई बजारमा लगिएका अखाद्य सामग्री फिर्ता लिने व्यवस्था गर्न, उत्पादित बस्तुको गुणस्तर कायम गर्न, बजारमा नियित परीक्षणको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।