News Portal

  • आममाफी बिरुद्ध मानन्धरले शुरु गरिन् अनसन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ असोज २०८०
    ८३९ पटक
    भक्तपुर, १७ असोज २०८०

    हत्या अपराधमा अदालतबाट जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिइएपछि पीडित परिवार विक्षिप्त बनेको छ । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले आममाफी बिरुद्ध अनसन शुरु गरेकी छन् ।

    संविधान दिवसका दिन रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दिएकी भारतीले बुधवार बाट राजधानीको माइतीघर मण्डलामा अनसन शुरु गरेकी हुन् ।

    आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफी खारेज गर्नुपर्ने र उनलाई पुन: जेल हाल्नुपर्ने भारतीको भनाइ छ । उनले आफुले न्याय नपाएसम्म अनसन नछोड्ने बताएकी छन् ।

    २०७२ साल असार २८ गते बाके जिल्लाको नेपालगञ्जस्थित धम्बोजी चोकमा दिनदहाडै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग पुष्टि गर्दै अदालतले रिगललाई जन्मकैदको सजाय सुनाएको थियो । ४० प्रतिसत सजाय काटेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले उनलाई संविधान दिवसको दिन बाँकी कैद मिनाहको घोषणा गरेका थिए । उनी विजय भावमा तामझाम सहित रिहा भएपछि सर्वत्र आलोचना भएको थियो ।

    रिगल अपराध गर्दा तरुण दलमा आवद्ध थिए । दलीय संरक्षणमा उनलाई अपराध गर्दा पनि उन्मुक्ति मिलेको आशंका गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...