News Portal

  • इजरायल आक्रमणमा १० नेपालीको निधन(विवरणसहित)

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ असोज २०८०
    ६३० पटक
    भक्तपुर, २१ असोज २०८०

    इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय श्रोतले १० नेपालीको ज्यान गएको पुष्टि गरेको हो ।

    अध्ययनका लागि इजरायल गएका विद्यार्थीहरू आक्रमणमा परेका हुन् । आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको बताइएको छ । आक्रमणमा परी ६ जना घाइते भएका छन् भने एक जना सम्पर्कबिहिन बनेका छन् ।

    हेर्नुस् विवरण

    आइतवार इजरायलस्थित नेपाली राजदुत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदुत ह्यानन गदरलाई सम्पर्क गरि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लडाइमा फसेका नेपालीको अवस्था र उद्दारबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ । उनले इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका छन् ।

    स्थानीय सञ्चारमाध्यमले इजरायली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरायलका कैयौँ भागहरूमा लडाइँ जारी रहेको जनाएको  छ। गाजाको सीमा नजिक लडाइँ केन्द्रित छ।

    हालसम्म ३ सय बढी इजरयलीहरू मारिएका छन् र दर्जनौँ अपहरणमा परेका छन्। दक्षिणी इजरेल र गाजा क्षेत्रमा ४ सय भन्दा बढी प्यालेस्टिनी लडाकुहरू मारिएका र दर्जनौँलाई नियन्त्रणमा लिइएको आईडीएफका प्रवक्ता जनाएको टाइम्स अफ इजरयलले बताएको छ ।

    स्थानीय सञ्चारमाध्यमले इजरायली सेना र प्यालेस्टिनी लडाकुबीच दक्षिणी इजरायलका कैयौँ भागहरूमा लडाइँ जारी रहेको छ। गाजाको सीमा नजिक लडाइँ केन्द्रित रहेको छ।

    युद्धका कारण इजरायलले गाजाको बिजुली, इन्धन र सामानको आपूर्ति बन्द गरेको  छ । इस्लामिक समूह हमासले शनिबार बिहान बाट तेल अभिभ र जेरुसेलमसम्म हजारौं रकेट प्रहार गर्दै  इजरायली भवनहरूमा आक्रमण गरेको थियो।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उच्च रक्षा अधिकारीहरूसँग छलफल गरी सुरक्षा स्थितिको मूल्याङ्कन गरिरहेको बताइएको छ ।

    उनले बदला लिने र हमासका सबै सैन्य तथा सरकारी क्षमतालाई नष्ट गर्ने चेतावनी दिएका बिबिसीले जनाएको छ । उनले गाजाका बासिन्दाहरूलाई आफ्नो घर छोडेर शरण लिन भनेका छन्।

    नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजरेलले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ।

    इजरायली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिवार राति नै गाजा अन्धकार बनेको बिबिसीले बताएको छ ।

    तस्वीर श्रोत : बीबीसी
    मेरोन्युज

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...