News Portal

  • एसईई खारेज गर्नु नहुने एन प्याब्सनमा आवद्ध भक्तपुरका प्रिन्सिपलहरुको निष्कर्ष

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ असोज २०८०
    ९६५ पटक
    NPABSON bhaktapurभक्तपुर, २९ असोज २०८०

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    एन प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा विधेयकमा रहेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को खारेजी सम्बन्धी व्यवस्था खारेज गर्न दाबाब दिनुपर्नेमा जोड दिइएको थियो ।

    सहभागी प्रिन्सिपलहरुले विद्यार्थीको सिकाइ मुल्याकंनका लागि एसईई परीक्षा प्रभावकारी रहेकाले हटाउन नहुने जिकिर गरेका थिए । अध्यक्ष खड्काले कक्षा १२ सम्मको नै शिक्षण सिकाई विधि र मूल्याकंन पद्दतिमा समयसापेक्ष बिकास गरिनु पर्ने आवश्यकता औल्याउदै भैरहेको परीक्षा हटाउनु नहुनेमा अन्तरक्रिया केन्द्रीत भएको जानकारी गराए । कार्यक्रममा नेसनल प्याब्सन जिल्ला बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिब कुमार थापा मगर, सहसचिब दिनेश शाक्य, कोषाध्यक्ष विक्रम थापा, सहकोषाध्यक्ष रत्न राई लगायतले बिचार व्यक्त गरेका सदस्य रमेश सिटौलाले जानकारी गराएका छन ।

    कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको तर्फबाट बिक्रम ढुकुछु, जिबि खड्का र पुण्यराम कवांलाई जिल्ला समिति सल्लाहकार तथा अधिवक्ता राधाकृष्ण भण्डारीलाई कानुनी सल्लाहकार मनोनयन गरिएको पत्र समेत प्रदान गरिएको बताइएको छ ।

    केन्द्रीय सह कोषाध्यक्ष बिक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का र अधिवक्ता राधाकृ्षण भण्डारी लगायतको आतिथ्यता रहेको कार्यक्रममा गत भाद्र ३० गते सम्पन्न छैटौं अधिवेशनबाट निर्विरोध नवनिर्वाचित जिल्ला कार्यसमितिको तर्फबाट सबै सदस्य विद्यालयलाई अध्यक्ष खड्काले धन्यवाद ज्ञापन गरेका थिए भने काठमान्डौ फन भ्यालीले नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई ज्ञापन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...