News Portal

  • दशैँको समयमा बढी भाडा असुल्ने पाँच पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ कार्तिक २०७९
    ४८० पटक
    भक्तपुर, २ कार्तिक २०७९

    दशैको समयमा घर फर्कनेहरुबाट बढी भाडा असुल गरेपछि काठमाडौंको विभिन्न ठाउँबाट पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बल्खु र कोटेश्वरबाट पाँच जना पक्राउ गरेको जनाएको हो ।

    उनीहरुलाई सर्वसाधारणबाट बढी भाडा असुल गरेको , भिडभाडमा मानिसहरुलाई अनावश्यक दुख दिएको र नक्कली टिकट बनाएर ठगी गरेको पाइएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा स्थायी घर भएका सन्देश श्रेष्ठले यात्रुबाट बढी भाडा असुल गरेको पाइएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

    काठमाडौंका रोहित लामाले पनि यात्रुबाट बढी भाडा असुल गरेको पाइएपछि पक्राउ गरेको बताइएको छ । नक्कली टिकट बनाएर यात्रुलाई ठगेपछि महोत्तरी बर्दिबासका अनिल बुढाथोकी , काठमाडौंका राजकुमार डंगोल र कोटेश्वरका कमल सार्कीलाई  पनि प्रहरीले बिहीबार पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

    प्रहरीले बढी भाडा असुल गर्ने, नक्कली टिकट बेच्ने, यात्रुलाई दुःख दिने र ठगी नियन्त्रण गर्न काठमाडौंमा विशेष प्रहरी टोली परिचालन गरेको छ । उक्त टोलीको फन्दामा बिहीबार पाँच जना परेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...