News Portal

  • भक्तपुर नगरपालिका किसान बाहुल्य नगर

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ कार्तिक २०८०
    १०२३ पटक
    भक्तपुर, १४ कार्तिक २०८०

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर किसान बाहुल्य शहर भएको बताएका छन् । भक्तपुर भ्रमणमा आएका घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि मण्डललाई मंगलवार नगरपालिकामा स्वागत गर्दै उनले सोकुरा बताएका हुन् ।

    ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वले भरिपूर्ण भक्तपुरमा किसान लक्षित कार्यक्रमलाई महत्वका साथ् अघि बढाइरहेको उनले बताए । भक्तपुर नपाले कृषिक्षेत्रका अलावा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा गरिरहेको जनपक्षीय अभ्यासबारे अवगत गराउँदै उनले नेपाली र अफ्रिकी जनता फरक फरक महादेशमा भए पनि साम्राज्यवाद र विस्तारवाद विरोधी भावनामा समानता रहेको उल्लेख गरेका छन् ।

    अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एनक्रोमा घानाको मात्रै नभई अफ्रिकी महादेशकै नेता र साम्राज्यवाद तथा उपनिवेशवादविरोधी योद्धाको रुपमा नेपाली जनता बीच परिचित रहेका प्रष्ट पार्दै प्रमुख प्रजापतिले सुन र हिराको देशको रुपमा परिचित घानाको प्राकृतिक स्रोत र साधन साम्राज्यवादीहरुको नियन्त्रणमा भएजस्तै नेपालको जलस्रोतलगायत प्राकृतिक स्रोत र साधन भारतीय विस्तारवादले कब्जामा पर्दै गएको जिकिर गरे ।

    साम्राज्यवादी मुलुकहरुले अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई नवउदारवादी नीति अवलम्बन गरी साना र कमजोर देशहरु कब्जा गर्न हतियारको रुपमा प्रयोग गरिरहेको उनको भनाइ छ ।

    प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका पुरातात्विक र सांस्कृतिक हिसाबले महत्वपूर्ण नगर भएको बताउँदै २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण कार्य विदेशीहरुको सहयोगविना जनस्तरबाट सम्पन्न गर्न सफलता मिलेको समेत जानकारी गराए ।

    उक्त अवसरमा बाओबाबका प्रमुख थियोडोरा पिउस लिंगोले भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै बिदेशी सहयोग बिना जनताको सेवा गर्ने कार्य संसारका अन्य सहरहरुको लागि समेत प्रेरणाको श्रोत बन्न सक्ने विचार व्यक्त गरे ।

    भेटमा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल  घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । भेटपश्चात टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु र अस्पतालको स्थलगत निरीक्षण गरेको  थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...