News Portal

  • फलेवासमा देखिए उडेका पैताला

    भक्तपुर पोष्ट संवाददाता पर्वत, २० कार्तिक २०८०
    ७९५ पटक
    पर्वत, २० कार्तिक २०८०

    सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ ।

    उक्त कार्यक्रममा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष, तथा अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक  साहित्यकार महेश्वर पन्तको कवितासङ्ग्रह “उडेको पैताला”को लोकार्पण गरिएको थियो ।

    प्रमुख अतिथि रहेका फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले लोकार्पण गरेको उडेको पैतालामाथि साहित्यकार सुरेन्द्र असफलले समीक्षात्मक मन्तव्य राखेका थिए ।

    नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, अनेसासका वर्तमान वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, अनेसास सांस्कृतिक समितिका संयोजक एवं कालीभक्त पन्त स्मृति प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक महेश्वर पन्त, अनेसास नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, फलेवास वडा नं ६ का वडा अध्यक्ष नवीनकुमार श्रेष्ठ, प्रतिष्ठानका संरक्षक गोविन्द पन्त (कालीभक्त पन्तका साहिला छोरा) को विशेष उपस्तिथि रहेको थियो ।

    सो कार्यक्रममा कार्यक्रमको उदेश्य र महत्वमाथि साहित्यकार महेश्वर पन्तले प्रकाश पार्दै अतिथिहरुलाई स्वागत गरेका थिए ।

    कविता वाचन कार्यक्रम 

    कार्यक्रमको दोस्रो सत्रमा अनेसास नेपाल च्याप्टरकी निवर्तमान उपाध्यक्ष साहित्यकार गीता कार्कीको सभापतित्वमा सम्पन्न कविता वाचन कार्यक्रममा विभिन्न कविहरुले आआफ्नो रचना वाचन गरेका थिए ।

    सो कार्यक्रममा अनेसास नेपाल च्याप्टरका कार्यसमिति सदस्यहरु दुर्गाबहादुर शाह ‘बाबा’, इन्दिरा ढकाल, साहित्यकारहरू मदनकुमार थापा, सदस्य दुर्गाबहादुर शाह ‘बाबा’, विक्रमभक्त जोशी, गणेश श्रमण, उदय अधिकारी, लेखराम सापकोटा, पदम अर्याल, सूर्यप्रकाश कंडेल, देवेन्द्र केसी ‘देबु’, सरस्वती गौतम, आरजु विष्ट सल्यानी, आर. के. अदीप्त गिरी, असफल गौतम, दुर्गा अधिकारी, मनिला वन्त, गीतकार प्रकाश सुवेदी लगायतको सहभागीता रहेको थियो ।

    सांगीतिक प्रस्तुति

    यसैगरी कार्यक्रममा वरिष्ठ लोक गायक विमलराज क्षेत्री, वरिष्ठ संगीतकार नरहरि प्रेमी, गायिका ऋतु कँडेलको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो भने मध्यरातसम्म स्थानीय कलाकारहरुको सहभागीतामा दोहोरी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रम पर्वतको फलेवासमा रहेको ‘कालीभक्त पन्त स्मृति प्रतिष्ठान’ को संयोजनमा प्रतिष्ठानकै हलमा सम्पन्न भएको हो । दशैँ-तिहार मनाउने सिलसिलामा अमेरिकाबाट नेपाल आएका अनेसास बोष्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको व्यवस्थापन र संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन मुक्तककार निशा केसीले गरेकी थिइन् ।

    नगरको प्रचारप्रसार भयो : प्रमुख तिवारी

    शुभकामना दिने क्रममा नगरप्रमुख गंगाधर तिवारीले सर्जक तथा साहित्यकारहरूलाई स्थानीय तहहरूमा ल्याएर कार्यक्रम गर्दा सो ठाउँको बारेमा प्रभावकारी प्रचारप्रसार हुने हुँदा यस्ता कार्यक्रम बेलाबखत गर्नु स्थानीय तहहरूको हित प्रवर्द्धनमा समेत सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै आफ्नो कार्यकालमा यस्ता साहित्यिक कार्यलाई निरन्तरता दिनेसमेत प्रतिबद्धता प्रकट गरेका छन् ।

    साहित्यकारहरुलाई पर्वतका विभिन्न ठाउँको अवलोकन भ्रमण गराइएको सो कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति थियो । फलेवास बरकोडाली आमा समूह र स्थानीयहरुको व्यवस्थापनमा पाहुनाहरुलाई खानेबस्ने व्यवस्था मिलाइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...