News Portal

  • साहित्यकार पन्त सम्मानित

    भक्तपुर पोष्ट संवाददाता पर्वत, २१ कार्तिक २०८०
    ४९३ पटक
    पर्वत, २१ कार्तिक २०८०

    लायन्स क्लव अन्तर्राष्ट्रय डिस्ड्रिक्ट ‘३२५ के’ पर्वत चौतारीको समन्वयमा त्यहाँ अवस्थित शिवालय, कुश्मा सिटी, ब्रिज सिटी, मोदीकाली, कालीगण्डकी लायन्स क्लवहरूसमेतले पुरानो पर्वत लायन्स क्लव जिल्ला ३२५ तथा हालको हिमालयन लायन्स क्लव अफ न्यूईगंलेन्ड डिस्ट्रिक्ट ३३ के, का संस्थापक अध्यक्ष लायन महेश्वर पन्तलाई एक समारोहबीच स्वागत तथा सम्मान गरेका छन् ।

    उक्त समारोहमा नरवुड लायन्स क्लव डिस्ट्रिक्ट ३३ के द्वारा सकंलित रिडिङ ग्लासहरू करिब चार सय थान पर्वत चौतारी लायन्स क्लवलाई कुश्मास्थित होटल बेन्जुको सभाहलमा हस्तान्तरण गरिएको थियो । उक्त ग्लासहरू हास्तान्तरण गर्दै लायन महेश्वर पन्तले यस्ताखाले मानव सहयोगी कार्यहरूलाई निरन्तरता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै पर्वतका लायन्सहरूसँग हातेमालो गर्दै नेपाली समुदायलाई अझै धेरै सहयोग पुग्ने कामसमेत गर्न सकिने कुरा बताए ।

    रिडिङ ग्लासहरूको हास्तान्तरण लिँदै क्लवका अध्यक्ष लायन विकाश जिसीले प्राप्त रिडिङ ग्लासहरूलाई कुनै समारोहबीच आवश्यकताअनुसार ग्रामीण समुदायमा वितरण गरिने कुराको जानकारी दिए ।

    कार्यक्रमलाई नेपाली साहित्यकारहरूको बाक्लो उपस्थितिले सुशोभित बनाएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका पूर्व अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष डा. रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसी, अनेसास दर्पण साहित्यिक पत्रिकाका कार्यकारी सम्पादक तथा लायन्स क्लब, ब्राइटस्टार काठमाडौंका सदस्य रमेश दाहाललगायत पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प, सुन्दरकुमार जोशी र पर्वतस्थित साहित्यिक स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    सभामा स्वागत भाषण लायन्स क्लवका अध्यक्ष मिनप्रसाद शर्माले गरका थिएभने लायन्स क्लव अफ शिवालायका अग्रज लायन पूर्वअध्यक्ष वसन्तकुमार कर्माचार्यले कार्यक्रमबारे प्रकाश पार्दै मानवसेवामा लागेका लायन्सहरूले विश्वभरि गरेका अतुलनीय कार्यहरूको चर्चा गरेका थिए ।

    कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष लायन राजेश पौडेलले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...