News Portal

  • पोल्याण्ड पठाइदिने भन्दै १७ जनासंग ठगी गरेको अभियोगमा भक्तपुरकी एक महिला पक्राउ

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २२ कार्तिक २०८०
    २६०९ पटक
    भक्तपुर, २२ कार्तिक २०८०

    वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी छन् ।

    काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मिलेर मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसका लागि प्रतिव्यक्ति आठ लाख लाग्ने, पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भनी विश्वास दिलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

    पक्राउ परेकी कर्माचार्यलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौँ पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...