News Portal

  • देउसी भैलो प्रतियोगितामा महेन्द्र विद्याश्रम पहिलो : एडभान्स र माउण्ट भ्याली दोश्रो र तेस्रो

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ कार्तिक २०८०
    १०३४ पटक
    भक्तपुर, २३ कार्तिक २०८०

    भक्तपुर जिल्लाब्यापी देउसी भैलो रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र विद्याश्रम स्कूल पहिलो हुँदै रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । बाराहीस्थानस्थित महेन्द्र विद्याश्रमले बिहीवार सम्पन्न विद्यालयस्तरीय जिल्लाब्यापी देउसी भैलो प्रतियोगितामा पहिलो हुँदै रनिङ शिल्ड हात पर्न सफल भएको हो । महेन्द्र विद्याश्रमले अघिल्लो वर्ष पनि प्रतियोगिताको रनिङ शिल्ड जितेको थियो ।

    कमलविनायक स्थित ईष्ट प्वाईन्ट स्कूलको आयोजनामा सम्पन्न प्रतियोगितामा बिभिन्न विद्यालयका १० देउसी भैलो समूहले प्रतिष्पर्धा गरेका निर्णायक जीवन ढुंगानाले जानकारी दिए । प्रतियोगितामा एडभान्स एकेडेमी बोडेले द्वीतीय स्थान र माउण्ट भ्याली ईङ्गलिस स्कूल भक्तपुरले तृतीय स्थान हासिल गरेका ढुंगानाले जनाएका छन् ।

    प्रतियोगितामा आयोजक ईष्ट प्वाईन्ट स्कूलका दुई समूह, विनायक शिक्षा निकेतनका दुई समूह, क्रियटिभ लनर्स, माउन्ट भ्यू स्कूल, विद्याआर्जन लगायतका विद्यालय सहभागी रहेका थिए ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले नेपाली मौलिक परम्परा जोगाउन यस्ता प्रतियोगिता आवश्यक रहेको प्रष्ट पारे ।विद्यालयस्तरमा आयोजना गरिने यस्ता प्रतियोगिताले मौलिक कला संस्कृतिको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने उनले बिश्वास व्यक्त गरेका छन् ।

    देउसी भैलो मार्फत समाजलाई सकारात्मक संदेश समेत दिन सक्नुपर्नेमा जोड दिंदै उनले प्रगतीशील तरिकाले देउसी भैलो लाई प्रयोग गरी समाज रुपान्तरणमा सहयोग गर्न सकिने बिचार व्यक्त गरे ।

    विदेशी गीत संगीत र विशेषगरी भारतीय गीत संगीतले नेपालीमाथि अतिक्रमण गर्न थालेको बताउँदैं उनले यसबाट नेपाललाई खतरा रहेको खुलासा गरे ।

    “संसारमा कुनै पनि देशलाई आक्रमण गर्नुभन्दा अगाडि सांस्कृतिक अतिक्रमण शुरु हुन्छ । अनिमात्र भौतिक आक्रमण हुन्छ ।” उनले भने । अहिले नेपालमा हिन्दी भाषामार्फत सांस्कृतिक अतिक्रमण भैरहेकोले सचेत हुनुपर्ने उनको भनाइ छ । भक्तपुर नगरपालिकाले शिक्षामा उदाहरणीय प्रगती गरेको प्रष्ट पार्दै नगर प्रमुख प्रजापतिले शिक्षालाई खेलकूद, सम्पदा र संस्कृती संरक्षणसंग जोड्ने जिकिर गरे । सक्रिय व्यक्तिको स्वास्थ्य राम्रो हुने भन्दै उनले नगरबासीहरु कुनै न कुनै काममा सक्रिय रहनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा आयोजक ईष्ट प्वाईन्ट स्कूलका संस्थापक प्रधानाध्यापक रमेशचन्द्र श्रेष्ठले २०६५ सालदेखि देउसी भैलो प्रतियोगिता संचालन गर्दै आइरहेको जानकारी दिएका छन् । विद्यार्थीलाई देउसी भैलोबारे सोसूचित गराउने र मैलिक परम्पराप्रति माया जगाउने प्रतियोगिताको उदेश्य रहेको बताए । यसले देउसी भैलोको नाममा हुने बिकृती हटाउन र मौलिक संस्कृतीको जगेर्ना गर्न सहयोग पुग्ने प्रधानाध्यापक श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।

    कार्यक्रममा ईष्ट प्वाईन्टका विद्यार्थीहरुले आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरेका थिए भने एसईई उतीर्ण विद्यार्थी र तिनका अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।

    उक्त अवसरमा भनपा १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्योमिखा, नगर शिक्षा अधिकृत केपी कर्माचार्य, प्याब्सनका पूर्व केन्द्रीय पदाधिकारी एवं महेन्द्र विद्याश्रमका संस्थापक प्रिन्सिपल महेन्द्रप्रसाद मास्के, प्याब्सन जिल्ला उपाध्यक्ष विणा पाण्डे, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति र सचिव संजीप शुभचिन्तक लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...