News Portal

  • हिन्दी गीत संगीत र चलचित्रबाट नेपाललाई खतरा रहेको भक्तपुरका मेयर प्रजापतिको भनाइ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ कार्तिक २०८०
    ७२७ पटक
    भक्तपुर, २३ कार्तिक २०८०

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हिन्दी भाषाबाट नेपाललाई खतरा रहेको दावी गरेका छन् । हिन्दी गीत संगीत र चलचित्रले नेपालमा खतरा निम्त्याइरहेको उनले दावी गरेका हुन् ।

    बिहीवार कमलविनायकस्थित ईष्ट प्वाइण्ट स्कूलमा देउसी भैलो प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भने, “संसारमा कुनै पनि देशलाई आक्रमण गर्नुभन्दा अगाडि सांस्कृतिक अतिक्रमण शुरु हुन्छ । अनिमात्र भौतिक आक्रमण हुन्छ ।” अहिले नेपालमा हिन्दी भाषामार्फत सांस्कृतिक अतिक्रमण भैरहेकोले भौतिक आक्रमणको सम्भावनाबारे संकेत गर्दै उनले सचेत रहनुपर्ने आवश्यकता औल्याए ।

    प्रमुख प्रजापतिले नेपाली भाषा, संस्कृती र परम्परा जोगाउन देउसी भैलो जस्ता प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । विद्यालयस्तरमा आयोजना गरिने यस्ता प्रतियोगिताले मौलिक कला संस्कृतिको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

    देउसी भैलो मार्फत समाजलाई सकारात्मक संदेश समेत दिन सक्नुपर्नेमा जोड दिंदै उनले प्रगतीशील तरिकाले देउसी भैलोलाई प्रयोग गरी समाज रुपान्तरणमा सहयोग गर्न सकिने बिचार व्यक्त गरे ।

    भक्तपुर नगरपालिकाले शिक्षामा उदाहरणीय प्रगती गरेको प्रष्ट पार्दै नगर प्रमुख प्रजापतिले शिक्षालाई खेलकूद, सम्पदा र संस्कृती संरक्षणसंग जोड्ने जिकिर गरे । सक्रिय व्यक्तिको स्वास्थ्य राम्रो हुने भन्दै उनले नगरबासीहरु कुनै न कुनै काममा सक्रिय रहनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा आयोजक ईष्ट प्वाईन्ट स्कूलका संस्थापक प्रधानाध्यापक रमेशचन्द्र श्रेष्ठले २०६५ सालदेखि देउसी भैलो प्रतियोगिता संचालन गर्दै आइरहेको जानकारी दिएका छन् । विद्यार्थीलाई देउसी भैलोबारे सोसूचित गराउने र मैलिक परम्पराप्रति माया जगाउने प्रतियोगिताको उदेश्य रहेको बताए । यसले देउसी भैलोको नाममा हुने बिकृती हटाउन र मौलिक संस्कृतीको जगेर्ना गर्न सहयोग पुग्ने प्रधानाध्यापक श्रेष्ठले विश्वास व्यक्त गरेका छन् ।

    कार्यक्रममा ईष्ट प्वाईन्टका विद्यार्थीहरुले आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरेका थिए भने एसईई उतीर्ण विद्यार्थी र तिनका अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।

    उक्त अवसरमा भनपा १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्योमिखा, नगर शिक्षा अधिकृत केपी कर्माचार्य, प्याब्सनका पूर्व केन्द्रीय पदाधिकारी एवं महेन्द्र विद्याश्रमका संस्थापक प्रिन्सिपल महेन्द्रप्रसाद मास्के, प्याब्सन जिल्ला उपाध्यक्ष विणा पाण्डे, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति र सचिव संजीप शुभचिन्तक लगायतको आतिथ्यता रहेको थियो ।

    भक्तपुर जिल्लाब्यापी देउसी भैलो रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र विद्याश्रम स्कूल पहिलो हुँदै रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । बाराहीस्थानस्थित महेन्द्र विद्याश्रमले बिहीवार सम्पन्न विद्यालयस्तरीय जिल्लाब्यापी देउसी भैलो प्रतियोगितामा पहिलो हुँदै रनिङ शिल्ड हात पर्न सफल भएको हो । महेन्द्र विद्याश्रमले अघिल्लो वर्ष पनि प्रतियोगिताको रनिङ शिल्ड जितेको थियो ।

    बिहीवार नै सम्पन्न प्रतियोगितामा बिभिन्न विद्यालयका १० देउसी भैलो समूहले प्रतिष्पर्धा गरेका निर्णायक जीवन ढुंगानाले जानकारी दिए । प्रतियोगितामा महेन्द्र विद्याश्रम बाराहीस्थानले प्रथम, एडभान्स एकेडेमी बोडेले द्वीतीय स्थान र माउण्ट भ्याली ईङ्गलिस स्कूल भक्तपुरले तृतीय स्थान हासिल गरेका ढुंगानाले जनाएका छन् ।

    प्रतियोगितामा आयोजक ईष्ट प्वाईन्ट स्कूलका दुई समूह, विनायक शिक्षा निकेतनका दुई समूह, क्रियटिभ लनर्स, माउन्ट भ्यू स्कूल, विद्याआर्जन लगायतका विद्यालय सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...