News Portal

  • शंखधर शाख्वाबाट प्रेरित भएर जनहितका काम गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २८ कार्तिक २०८०
    ५९४ पटक
    भक्तपुर, २८ कार्तिक २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय बिभुती शंखधर शाख्वाबाट प्रेरित रहेको प्रष्ट पारेका छन् । उनकै पदचाप पछ्याउदै आफूले प्रथम पटक प्रधानमन्त्री हुँदा सबै साना किसानको ३० हजार ऋण मिनाहा गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले जनहितमा सकेजति सबै काम गर्ने सिलसिला जारी रहेको प्रष्ट पारेका हुन् ।

    नेपाल सम्बत ११४४ शुभारम्भको अवसरमा मध्यपुर थिमिस्थित शंखधर चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनस्तरमा रहेर जनताको ऋण मोचन गरेका शाख्वाको इतिहासलाई सम्मान गर्ने नेपाल सम्बत नेवारहरुको मात्र सम्बत भन्ने भ्रम फ़ैलाइएको समेत बताए । आफू नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरेको बताउदै प्रधानमन्त्री प्रचण्डले नेपाल सम्बत सम्पूर्ण नेपालीको आफ्नै सम्बत भएको र त्यसलाई कार्यन्वयन गर्न सोमबार सरकारले आफना दस्तावेजहरुमा नेपाल सम्बत उल्लेख गर्ने निर्णय गरेको जानकारी गराए ।

    सामाजिक न्याय, सुशासन र सम्वृद्धिलाई मूल मन्त्र बनाएर आफू नेतृत्वको सरकारले मिटर ब्याज पिडितलाई न्याय दिने देखि सामाजिक सुरक्षा कोषमा लाखौ श्रमिकलाई आवद्ध गराई गरिबको पक्षमा राज्य भएको अनुभुत् गराएको उनको भनाइ छ । धनीलाई धेरै धनी र गरिबलाई धेरै गरिब बन्न नदिने सरकारको रणनीति खुलासा गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्यायका लागि यो अपरिहार्य रहेको जिकिर पनि गरेका छन् ।

    जाजरकोट भुकम्प पछि उद्धार र राहतमा सरकारले गरेको तदारुकता र कार्ययोजनाबारे बताउदै प्रधानमन्त्री प्रचण्डले जनतालाई आवश्यक पर्दा सरकारले अभिभावकीय भूमिकामा कुनै कमी नगरेको जानाकारी गराए । सोमबारको मन्त्रीपरिषद बैठकले १० अर्वको राहत कोष बनाएर काम गर्ने देखि आवास व्यवस्थापन र आवास बिमाको अध्ययन गरी काम गर्न निर्णय गरेको बताउदै प्रधानमन्त्री प्रचण्डले यो नयाँ र ऐतिहासिक पहल गरिएको दावी गरे ।

    कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राज्यमा बिकृती, विसंगती र अराजकता फैलाउन खोज्नेलाई नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको र त्यसकै कडीको रुपमा सामाजिक संजाल टिकटक बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका छन् । सामाजिक सद्भाव र पारिवारिक संरचना भत्काउने कुरा सरकारलाई स्वीकार्य नभएको र सबै राजनीतिक दल र प्रमुख प्रतिपक्ष समेतको सहमतीमा गरिएको निर्णयलाई लिएर केही असुन्तुष्टि भएपनि उनीहरु कन्भिन्स हुँदै जाने बिश्वास व्यक्त गरेका गरे ।

    कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको उपस्थितिमा कृषी तथा पशुपंक्षी बिकास मन्त्री डा राजेन्द्रमान श्रेष्ठले बागमती प्रदेश सरकारको तर्फबाट नेपाल सरकारको नेपाल सम्बत सम्बन्धी निर्णय लागू गर्ने प्रतिवद्धता प्रकट गरे भने नेपाल सरकारका पर्यटन तथा बगारिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री प्रचण्डलाई वर्तमान समयका शंखधर शाख्वा मान्न सकिने तर्कहरु प्रस्तुत गरे ।

    त्यसैगरी पूर्व उपप्रधान मन्त्री एवं रास्वपाका अध्यक्ष रवि लामिछानेले नेपाल सम्बत बारे प्रचण्ड नेतृत्वको सरकारले गरेका निर्णय प्रशंसा योग्य भएको बताए भने नेपाली कांग्रेसका सह महामन्त्री डम्बरध्वज आङ्देम्बेले सरकार लाई झिना मसिना कुरामा अल्झाएर उपलब्धीलाई ओझेल पार्ने प्रयास भएको भन्दै यस्ता कुराले गठबन्धनलाई कुनै असर नपार्ने प्रष्ट पारे ।

    उक्त अवसरमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले पुराना ठाउँहरुको पहिचान कायम गर्न तत्कालिन नाकाहरूको खोजी र नामाकरण गर्ने प्रक्रिया अघि बढाएको बारेमा बताएका थिए । शंखधर शाख्वा प्रतिष्ठान द्वारा आयोजित कार्यक्रममा सांसदहरु, बिभिन्न नगरका प्रमुख र उपप्रमुख सहित जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र जिल्लास्थित पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ।कार्यक्रममा नेपाल सम्बतको प्रवर्द्धनमा सहयोग गरेवापत बिभिन्न व्यक्तिहरु सम्मानित समेत भएका थिए ।

    नेपाल संवत र शंखधर साख्वा:
    नेपाल संवत नेपालको मौलिक राष्ट्रिय संवत हो। नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत शुरु भएको हो।

    किंवदन्ती अनुसार शंखधर ज्यादै चलाख थिए । एक समय उनले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत हुन पुग्यो । त्यो सुन उनले आफ्नो प्रयोगमा नल्याई ऋणमा डुबेका गरीव जनतालाई बाँडे । सुन पाएपछि जनताले आफ्नो ऋण तिरेर ऋणमुक्त भै आनन्दको जीवन जीउन पाए । र, ऋणमुक्त भएको दिनदेखि नेपाल सम्बत शुरु भयो ।

    अर्को किंवदन्ती अनुसार शंखधर एक धेरै धनी व्यापारी थिए । एक दिन राजाले शंखधरको सम्पत्तिमाथि अनैतिक कमाइ भएको आशंकामा कब्जा गरे तर पछि त्यो नैतिक कमाइ देखिएपछि उनले फिर्ता पाए । आफ्नो गुमिसकेको सम्पत्ति फिर्ता पाएका शंखधरले त्यो सम्पति ऋणमा डुबेका जनतालाई बाँडे । सबै जनता ऋणमुक्त भए । ऋणमुक्त भएको दिनदेखि नेपाल सम्बत शुरु भयो ।

    शंखधर तल्लो जातका भएको र उनी धनी पनि नभएकोले उनको सम्पत्तिले ऋण तिरेको नभई सामन्त र फटाहाको जाली तमसुक उनको नेतृत्वमा च्यातेर निमुखा जनतालाई ऋण मुक्त गरिदिएको र जनताले जनस्तरमा ऋणमुक्त भएको दिनदेखि नेपाल संवत चलाएको पनि क्रान्तिकारीहरु विस्वास गर्दछन् ।

    नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रहेको थियो तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम संवतलाई चलनमा ल्याएपछि कामकाजको संवतको रुपमा नेपाल संवत विस्थापित हुन पुगेको देखिन्छ ।

    शंखधर साख्वालाई नेपाल सरकारले बिक्रम संवत २०५६ मा राष्ट्रिय विभुती घोषणा गरेको छ भने प्रचण्ड नेतृत्वको पहिलो सरकारले नेपाल संवतलाई  राष्ट्रिय संवतको मान्यता प्रदान गरेको थियो तर अझै पनि कामकाजमा प्रचलनमा आउन नसक्दा नेपाल संवतको गुमेको पहिचान फिर्ता हुन भने सकेको छैन । पछिल्लो समय नेपाल सम्बतकै उपहार स्वरुप प्रधानमन्त्री प्रचण्डले सरकारका दस्तावेजमा नेपाल सम्बत उल्लेख गर्ने निर्णय गरेर यसको कार्यान्वयनमा ऐतिहासिक पहलकदमी लिएका छन ।

    https://fb.watch/oiULrOsM_W/

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...