News Portal

  • कवि भट्टराईको “अरब” गीतिकाव्य लोकार्पित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ मंसिर २०८०
    ५८९ पटक
    भक्तपुर, ५ मंसिर २०८०

    सो कृति “अरब” गीतिकाव्यको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी.ले रहेका थिए । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा “अरब” गीतिकाव्यका सर्जक कवि प्रेमप्रसाद भट्टराईलाई सम्मान पनि गरिएको थियो ।

    कवि भट्टराई साहित्यिक पत्रकार संघका आजीवन सदस्य एवं अनेसास कतारका पूर्व अध्यक्ष पनि हुन् । कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र के. सी., अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य – सचिव धनप्रसाद सुवेदी, वरिष्ठ कवि प्रल्हाद पोखरेल, नायक नवल खड्का, साझा प्रकाशनका लवप्रसाद भण्डारीलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

    सोही कार्यक्रममा वरिष्ठ कवि प्रल्हाद पोखरेल र समालोचक डा. शान्ति गिरीले लोकार्पित कृति “अरब” गीतिकाव्यबारे समीक्षात्मक मन्तव्य राखेका थिए।

    कार्यक्रममा अनेसास केन्द्रीय समितिकी उपाध्यक्ष डा. रेणु थापा सोलु र चर्चित संगीतकार नरहरी प्रेमीले लोकार्पित कृतिबाट गीत गाएका थिए भने कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र के. सी., अतिथिहरु प्रल्हाद पोखरेल, डा. शान्तिमाया गिरी, नायक श्री नवल खड्का, लवप्रसाद भण्डारी, पत्रकार होम कार्की र श्रीबाबु कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रममा कलाकार कृपा भट्टराईबाट नृत्य प्रस्तुत भएको थियो भने कार्यक्रमको संचालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए ।

    कार्यक्रममा प्राज्ञ सत्यकला राई, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, शारदा पत्रिकाका सम्पादक विमल भौकाजी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, पूर्व अध्यक्ष पवन आलोक, प्रा. डा. गोविन्दमान सिंह कार्की, साहित्यकारहरु गीता कार्की, अश्विनी कोइराला, निशा के. सी., सुशीला देउजा, डी. जी. शर्मा (युएइ), कला भट्टराई, जीवन श्रेष्ठ, रुप रसाइली (नवोदित वाचनालयका निवर्तमान अध्यक्ष), भानुप्रकाश जोशी, राज रजक, मुरारि सिग्देल, द्वारिका ढुङ्गेल, उषा के. सी., डा. यादेवी ढकाल, मणिराज सिंह, हरि गिरी, राजेन्द्र ढुङ्गाना, नवोदित साहित्यिक वाचनालय कतारका पुर्व अध्यक्ष इन्द्रमणि नेपाल , पत्रकार दिपक पुडासैनी, महेश्वर नेपाल, मनिला वन्त, कुमार के. सी., महेश्वर नेपाल, अशिव बनेपाली, ममता कार्की, सविता ढकाल, सानुराजा अन्जान, राजेश ढुंगाना, दिपक पुडासैनी, राज यात्री लम्साल, सुमा श्रेष्ठ, रिना पाण्डे पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...