News Portal

  • महेश बस्नेतलाई माफी माग्न एक हप्ताको अल्टिमेटम

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ मंसिर २०८०
    २३२५ पटक
    भक्तपुर, ५ मंसिर २०८०

    राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं भक्तपुरका नेता महेश बस्नेतलाई माफी माग्न एक हप्ताको अल्टिमेटम दिएको छ । पूर्व सांसद समेत रहेका बस्नेतले आफ्ना नेताहरुमाथि आधारहिन आरोप लगाएको जिकिर गर्दै राप्रपा भक्तपुरले सो समय सीमा दिएको हो ।

    आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय सुरेन्द्रप्रताप शाह र केन्द्रीय सहमहामन्त्री समेत रहेका उनकै छोरा रविन्द्रप्रताप शाहमाथि अनर्गल अभिव्यक्ति दिएको भन्दै नेता बस्नेतमाथि राप्रपाको सिंगो भक्तपुर जिल्ला कार्यसमिति खनिएको छ । मंगलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन नै गरी राप्रपा भक्तपुरले नेता बन्नेतले माफी माग्नुपर्ने माग गरेको हो ।

    आइतवार भक्तपुरका आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा नेता बस्नेतले राप्रपाका नेता स्व. सुरेन्द्रप्रताप शाह र उनका छोरा राप्रपाका केन्द्रीय सहमहामन्त्री समेत रहेका रविन्द्रप्रताप शाहको संलग्नतामा चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा रहेको १ सय १३ रोपनी सार्वजनिक जग्गा बेचबिखन र अपचलन भएको भनेका थिए । सो भिडिओ बाहिर आएपछि त्यसैको प्रतिक्रियास्वरुप राप्रपा भक्तपुरले पत्रकार सम्मेलन गर्दै आफ्नो कुरा सार्वजनिक गरेको हो ।

    केन्द्रीय सहमहामन्त्री समेत रहेका नेता रविन्द्रप्रताप शाहले पार्टीका संस्थापक जिल्ला अध्यक्ष स्व. सुरेन्द्र प्रताप शाह आफ्ना बुवाका साथै जिल्ला बिकास समितिका पूर्व सभापति एवं जिल्लाकै सर्वमान्य नेता रहेका जिकिर गर्दै बस्नेतले लगाएको आरोपले मर्माहत बनाएको बताए । उनले आफू र आफ्ना पिताप्रति पूर्वाग्रही भएर अभिव्यक्ति आएको जिकिर गरे । आरोप पुष्टि गर्न नेता बस्नेतलाई चुनौती दिंदै शाहले भक्तपुरमै बसेर राजनीति गर्ने हो भने व्यक्तिगत गालीगलौज र चरित्रहत्याको अराजक बक्तब्यबाजी बन्द गर्न सुझाव समेत दिएका छन् । बस्नेतले पत्रकार सम्मेलन नै गरेर माफी माग्नुपर्ने उनले बताएका छन् ।

    “जुन खालको लाञ्छना सुरेन्द्र प्रताप शाहको बाबुछोराले बेच्यो भनेर लगाउनुभएको छ । त्यो पुष्टि गर्नको निमित्त चुनौतीका साथ भन्न चाहन्छु, तपाईंले त्यो पुष्टि गरेर देखाउनुस । पुष्टि गरेर देखाउनुभयो भने हामी तपाईंको नोकर बसुँला होइन भने तपाईं हाम्रो नोकर बस्ने दिन पनि आउनसक्छ ।” शाहले भने ।

    नेता बस्नेतले एमालेबाहेकका सबै दलका नेताकार्यकर्तालाई होच्याउने र चरित्रहत्या गर्ने प्रवित्ति अराजनीतिक भएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा पूर्व केन्द्रिय सस्दय रामेश्वर थापाले स्वर्गीय भैसकेका व्यक्तित्वबारे बिषबमन गर्ने नेता बस्नेतसंग के कुरा बोल्न मिल्छ र के मिल्दैन भन्ने समेत ज्ञान नभएको दावी गरे ।

    पार्टीका जिल्ला सचिव अर्जुन कार्की द्वारा प्रेषित प्रेस बिज्ञप्तीमा राजनीतिक चरित्रलाई भुलेर एमाले भक्तपुरका नेता महेश वस्नेतले दिएको गैरजिम्मेवार अभिव्यक्तिमा बिश्वास नगर्न आमजनसमुदायलाई आग्रह गर्दै बस्नेतमाथि कारवाही गर्न सरकार र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण समेत गराइएको छ ।

    पत्रकार सम्मेलनमा पार्टीका नेता एवं पूर्वमन्त्री टंक ढकाल, पार्टी केन्द्रिय सदस्य एवं बागमती प्रदेश सांसद धनेश्वरी प्रजापति लगायतको समेत उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा पत्रकारहरुले राखेका प्रश्नमा बोल्दै राप्रपाका केन्द्रीय सहमहामन्त्री समेत रहेका भक्तपुरका नेता शाहले आफूहरुलाई राजाबादी भएकै कारण बस्नेतले खेदो गर्न खोजेको आशंका गरे । उनले अभियन्ता दुर्गा प्रसाईलाई भक्तपुरका राप्रपा समर्थकको साथ् रहने समेत खुलासा गरे ।

    पार्टीले दुर्गा प्रसाईको विषयमा कुनै पार्टीगत निर्णय नगरेको जानकारी गराउदै केन्द्रीय सह महामन्त्री शाहले राजा फर्काउने लगायतका प्रसाईका एजेन्डा ठिक भएका र एजेन्डाका आधारमा मौन समर्थन रहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...