News Portal

  • जाजरकोट भूकम्प पीडितलाई सहयोग जुटाउन भक्तपुर काँग्रेसले बनायो समिति

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ मंसिर २०८०
    ७३८ पटक
    bijesh awalभक्तपुर, ७ मंसिर २०८०

    जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन नेपाली काँग्रेस भक्तपुरले पाँच सदस्यीय समिति गठन गरेको छ । उपसभापति बिजेश अवालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

    बुधवार बसेको बैठकले जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन उप सभापति बिजेश अवालको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको जिल्ला सचिव शुशिल बस्नेतले बताएका हुन् । समितिको सदस्य सचिवमा कार्यालय सचिव रूद्र प्रसाद ढुंगाना रहेका छन् ।

    सहयोग गर्न चाहनेहरूलाई मोबाइल नम्बर ९८५१०४६३१४ र ९८५१२३००८० मा सम्पर्क राख्न अनुरोध समेत गरिएको छ । बिपत्तीमा सहयोग गर्नु मानवीय धर्म समेत भएको भन्दै सूर्यविनायक नगर सभापति निशान ढुंगेलले भक्तपुरका कांग्रेस नेताकार्यकर्ता मात्र नभई शुभेच्छुक समेतले सहयोगको हात अघि बढाउने बिश्वास व्यक्त गरेका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यालयको बैठकले सबै जिल्लाका सभापतिहरूलाई सहयोग संकलन गर्न दिएको निर्देशन बमोजिम बैठक बसेको र सहयोग संकलन कार्यलाई व्यवस्थित बनाउन समिति गठन गरिएको कांगेस नेता कृष्णलाल भडेलको भनाइ छ ।

    बैठकले जिल्ला सभापति एवं संघीय सांसद दुर्लभ थापाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्ने बरिष्ठ स्वास्थ्यकर्मी डा सुनिल टुकी र अस्पताल परिवारलाई धन्यवाद समेत ब्यक्त गरेको प्रचार विभागका नेता रमेश खड्काले जानकारी गराएका छन् ।

    उपसभापति बिजेश अवालको सभापतित्वमा बसेको उक्त बैठकमा जिल्लास्थित केन्द्रीय सदस्यहरु, बागमति प्रदेशका सदस्यहरु त्यसैगरी प्रदेश, क्षेत्र तथा नगरका सभापतिहरु, भातृसंस्थाका सभापतिहरु र जिल्ला पदाधिकारीको उपस्थिति रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...