News Portal

  • “संसाक गाेपालराज-मैयादेवी साहित्य सम्मान” लेकालीलाई

    इभक्तपुर संवाददाता
    ४८० पटक

    २०८० मंसिर ६, काठमाडौं । संसाक मासिक पत्रिकाले आज सामुदायिक प्रहरी सेवा केन्द्र टोखा न. पा. ९ गोगबुंको सभाहलमा संसाक सम्मान २०८० बाट फरक फरक विधाका साहित्यकारहरूलाई सम्मान गर्यो ।‍ 

    कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकाली नगद एघार हजार राशीसहित “संसाक गाेपालराज-मैयादेवी साहित्य सम्मान २०८०” बाट सम्मानित भएका हुन् ।

    यसैगरी लीलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापालाई नगद दस हजारसहित “संसाकयात्री नियात्रा सम्मान २०८०” बाट सम्मानित भए ।

    यसैगरी काभ्रेका साहित्यकार रामसुन्दर देउजा नगद दस हजार राशीसहित “संसाक अनामणि समीक्षा सम्मान २०८०” बाट र नगद राशीसहित “संसाक बालप्रतिभा सम्मान २०८०” बाट डडन ब्रिज एकेडेमीका छात्रा खुशिपल परियार सम्मानित भएका थिए ।

    उनीलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश क्षेत्र नं ६ का माननीय सभासद अमन मास्केले सम्मान गरेका थिए । सम्मानितहरुलाई डायरी र कलम प्रदान गरेर फरक किसिमले कार्यक्रम उद्घाटन गरिएको थियो भने सोही कार्यक्रममा “हिमाली सौगात” (पत्रिका)को नव अंकको लोकार्पण पनि गरिएको थियो ।

    कार्यक्रममा सम्मानित साधकहरू विजयध्वज थापा, राधेश्याम लेकाली, रामसुन्दर देउजाले आआफ्नो मन्तव्य सहित कविता वाचन गरेका थिए । यसैबीच कार्यक्रममा सम्मानित स्रष्टाहरूको परिचय डा. अम्बिका अर्यालबाट भएको थियो ।

    कार्यक्रममा पुरस्कार संस्थापक रत्नप्रसाद श्रेष्ठ अनामणि, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, साहित्यकार डा. दामोदर पुडासैनी किशोर, काठमाडौं प्याब्सनका अध्यक्ष प्रेम राई परीक्षित, डा. शैलेन्दुप्रकाश नेपाल, केदारनाथ पाठकलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

    यसैगरी प्रमुख अतिथि माननीय सांसद अमन मास्केले संस्कृति, साहित्य र कलाको माझ राजनीतिको कोट फुकालेर उभिएको बताउँदै “साथी” कथाको अंश वाचन गरेका थिए । कार्यक्रममा संसाकका सम्पादक उमेश पाण्डेले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको संचालन कवि उत्तम विचार भेट्वालले गरेका थिए ।

    कार्यक्रम संसाककी उपसम्पादक भवानी मैयाँ पन्तको सभापतित्वमा भएको थियो । कार्यक्रममा साहित्यकारहरु डा. बमबहादुर जिताली, पवन आलोक, रामप्रसाद पन्त, मुरारि सिग्देल, सरिता अर्याल, सुशीला ढकाल अधिकारी, राजेन्द्र के. सी., तारा के. सी. ज्ञान्दरी कैनी, राजबाबु श्रेष्ठ सागर, निशा के. सी., बलराम दाहाल, यशोदा अधिकारी, माधव बिडारी, वासुदेव गुरागाईं, भैरवी भूगोल, जसध्वज गुरुङ, रामसुन्दर देउजा, राजेन्द्र घिमिरे सागर, देवराज सिम्खडा, जगदीश पोखरेल, एस. के. धिताललगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...