News Portal

  • दुर्गा प्रसाई नामको अराजकता अन्त्य भएको महेश बस्नेतको दावी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ मंसिर २०८०
    ५४३ पटक
    mahesh basnetभक्तपुर, ७ मंसिर २०८०

    पूर्व मन्त्री समेत रहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले आजैबाट दुर्गा प्रसाईको अराजकताको अन्त्य भएको दावी गरेका छन् । आफूहरुको शक्तिले प्रसाईको अराजकताको अन्त्य भएको उनले दावी गरेका हुन् ।

    राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौँको तिनकुनेमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘आजबाट दुर्गा प्रसाईँ नामको अराजकता सदाका लागि समाप्त भएको छ ।” उनले प्रसाईँलाई बैंक ठगेको र राजश्व छलेको आरोपमा गिरफ्तार गर्न समेत सरकारलाई आग्रह गरे ।

    आफ्नो कार्यक्रमलाई बाघ बताएका बस्नेतले प्रसाईँको कार्यक्रम कुकुरजस्तो भएको भन्दै अब अप्रांत ठिक ठाउँमा बस्न चेतावनी समेत दिए । उनले प्रसाईँलाई पूर्व राजाको भूतको संज्ञा दिएका छन् । युवा विद्यार्थीहरूको प्रदर्शनले प्रसाईको हावा खुस्काइदिएको उनको भनाइ छ ।

    सरकारकै कमजोरीका कारण् व्यवस्था विरोधीहरुले टाउको उठाउन खोजेको आरोप लगाउदै नेता बस्नेतले गणतन्त्र विरोधीहरु तथा थन्क्याइएको राजसंस्थालाई देशबाट नै निकाल्नुपर्ने अवस्था आइरहेको बताए ।

    उनले प्रचण्ड नेतृत्वको सरकारले जनतामा निरासा बढाएको बताउदै सरकार नसच्चिए काठमाडौंमा मानव सागर ओराल्ने पनि चेतावनी दिए ।

    बिहीवार बिरोध सभा अघि भक्तपुर बाट हजारौंको संख्यामा मोटरसाइकल र्याली गर्दै युवा विद्यार्थीहरु तीनकुने पुगेका थिए । सभा सकिएपछि उनीहरुले सो क्षेत्र सरसफाई समेत गरेका छन् । उक्त विरोध सभामा उत्तेजक भाषणबाजी भएपनि कुनै तोडफोड र मुढभेढ भने भएन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...