News Portal

  • स्रष्टा तथा समाजसेवीहरूलाई अनेसास बोस्टनको सम्मान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ मंसिर २०८०
    १०२८ पटक
    भक्तपुर, ११ मंसिर २०८०

    ११५ औँ देवकोटा जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरद्वारा आयोजित साधारणसभा तथा स्रष्टा सम्मान समारोह संयुक्त राज्य अमेरिकास्थित बस्टनको नेपाली मन्दिरमा एक भव्य समारोहबीच सम्पन्न भयो।

    नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कवि भूपाल राईको प्रमुख आतिथ्यमा भएको साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रममा साहित्यकारद्वय महेश्वर पन्तको “उडेका पैताला” र अनु शाहको कविता कृति “अनुराग”को कर्मभूमिमा विमोचन गरियो।

    सोही अवसरमा प्रमुख अतिथि राईले अनेसास नेपाल च्यप्टरका नि.वर्तमान महासचिव तथा कवि ऋषभदेव घिमिरेलाई सम्मानपत्र र शकुन ज्ञवालीलाई अनेसास नारी तारा सम्मानद्वारा सम्मानित गरे।

    त्यसैगरी साहित्य र सामाजिक सेवामा समर्पित विभिन्न व्यक्तित्वलाई अनेसास बोस्टन च्यप्टरले सम्मान तथा कदरपत्रद्वारा सम्मान गर्यो ।

    पशुपतिनाथ बुद्ध फाउन्डेसन बी.ओ.टी. का सभापति सुशील पौडेल, कार्य समितिका अध्यक्ष विष्णु कार्की, संगीतज्ञहरू क्रमशः रञ्जन बुढाथोकी, प्रेमसागर खतिवडा, सुशील गौतम, राज कपुर, श्याम नेपाली, सुन्दर गुरुङ , राम थापा, लोकगायक मीन के.सी., समाजसेवी तथा संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरूमध्ये अञ्जु थापा, जल घिमिरे, सानु वर्मा अधिकारी, सुरेश ढकाल, तृष्णा काफ्ले शर्मा, प्रचण्ड श्रेष्ठ लगायतकालाई सम्मान गरियो।

    सम्मान कार्यक्रम पश्चात् भएको काव्यवाचन कार्यक्रममा लोकार्पित कृति अनुरागबाट कवि अनु शाह, कवि दीपा राई पुन र ममता कर्माचार्यले कविता वाचन गरे भने उडेको पैताला कवितासङ्ग्रहमाथि ऋषभदेव घिमिरेले समीक्षात्मक टिप्पणी गरेका थिए।

    कार्यक्रममा अनेसासका वरिष्ठ उपाध्यक्ष विजय शर्मा, सम्मानित स्रष्टा शकुन ज्ञवाली, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेत, अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजालगायतका अतिथि वक्ताले शुभकामना व्यक्त गरे।

    प्रमुख अतिथिको आसनबाट बोल्दै कुलपति राईले प्रवासमा पनि नेपाली साहित्य र संस्कृति मौलाएको देख्न पाउँदा खुसी व्यक्त गरे।

    नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धनमा नेपाली समाजले पुर्याएको भूमिकाप्रति सम्मान गर्दै नेपाल सरकारले पनि यस्ता मौलिक संस्कृति बोकेका नेपाली मन्दिर,गुम्बा तथा नेपाली समुदायको सामुदायिक भवनहरू निर्माणमा प्रोत्साहन तथा संरक्षणमा विशेष ध्यान पुर्याउनुपर्दछ भन्ने धारणा राखे।

    कार्यक्रम अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको सभापतित्त्वमा भएको थियो।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...