भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब ८ बजेर ५० मिनेटमा भूकम्प गएको हो ।
उक्त भूकम्प ३.२ म्याग्निच्युडको रहेको बताइएको छ । यस अघि मंगलवार नै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो ।
यो २०७२ सालको महाभूकम्पको पराकम्पन नभई नयाँ भूकम्पको धक्का मससूस भएको बताइएको छ ।