News Portal

  • आफन्तको विवाहमा आएका मोहनको कुटपिटबाट मृत्यु

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ मंसिर २०८०
    १९२ पटक
    भक्तपुर, १३ मंसिर २०८०

    कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...