News Portal

  • समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ मंसिर २०८०
    २१७५ पटक
    bhaktapur municipalityभक्तपुर, २१ मंसिर २०८०

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका सबै किसानहरुलाई कम्पोष्ट मल निशुल्क वितरण गर्ने भएको हो ।

    नगरपालिकाले आफैले उत्पादन गरेको कम्पोष्ट मल नि शुल्क वितरण गर्न लागिएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका हुन् । सबै किसानलाई १ बोरा कम्पोष्ट मल नि शुल्क उपलब्ध गराइने उनले जानकारी गराएका छन् ।

    अक्सिजन चाहिने बिरामीलाई नगर अस्पतालमा उत्पादित अक्सिजन निशुल्क उपलब्ध गराइरहेको नगरपालिकाले आफैले उत्पादन गरेको कम्पोष्ट मल पनि निशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

    त्यति मात्र होइन, किसानलाई बारीमा लगाउने आलुको बिउमा पनि नगरपालिकाले अनुदान दिएको नगर प्रमुख प्रजापतिले प्रष्ट पारेका छन् । किसानलाई आवश्यक आलुको बिउँमा पचास प्रतिसत अनुदानको व्यवस्था गरिएको उनले बताए ।

    नगरपालिका भित्रका किसानलाई सम्बन्धित वडा मार्फत मल र आलुको बिउँ उपलब्ध गराइने व्यवस्था मिलाइएको नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले जानकारी दिएका छन् ।

    वडाध्यक्ष रविन्द्र ज्याख्वका अनुसार आउँदो सोमबारबाट किसानलाई निशुल्क मल र आलुमा अनुदान उपलब्ध गराइने छ ।

    विकास निर्माणमा भक्तपुर मोडल बनाएको भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको क्षेत्रमा पनि मोडल दिंदै आएको छ । पुरानो नगरपालिकाको रुपमा रहेको यो नगरपालिका सामाजबाद मन पराउनेहरुको लागि आदर्श नगरपालिकाको रुपमा समेत अघि बढेको छ ।

    जनताको नजिकैको सरकारको रुपमा रहेको स्थानीय तहहरुमा आफ्नो बेग्लै पहिचान बनाएको भक्तपुर नगरपालिका समाजबाद उन्मुख नगरपालिकाको रुपमा रहेको छ । बिकासको भक्तपुर मोडल नै बनाएको यस नगरपालिकाप्रति स्थानीयले कमै गुनासो गर्ने गरेका छन् ।

    भ्रष्टाचार शुन्य रहेको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको कडा निगरानी रहनाले कर्मचारीतन्त्रले आलटाल नगरी चुस्त दुरुस्त सेवा प्रवाह गर्ने बिश्वास गरिन्छ भने जनप्रतिनिधिहरु आफूलाई जनताको सेवकको रुपमा परिचय दिन रुची राख्दछन ।

    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सिंगो कार्यपालिका नै जितेको भक्तपुर नगरमा उक्त पार्टीको निर्वाचन घोषण पत्र अनुसार मात्र योजना कार्यान्वयन हुन्छ भने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)को पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ लाई पनि नगरपालिकाले मार्गदर्शनको रुपमा लिएर कामकारवाही गर्ने गरेको नगर प्रमुख सुनिल प्रजापतिले नै पटक पटक सार्वजनिक बक्तब्य मार्फत प्रष्ट पार्दै आएका छन् ।

    अन्य नगरपालिकामा जस्तो शक्तिको खिचातानी तथा गुटबन्दी नदेखिने र नगर प्रमुखलाई सिंगो कार्यपालिकाले आँखा चिम्लेर बिश्वास गर्ने भक्तपुर नगरपालिकाको विशेषता हो । रुपमा जेजस्तो भएपनि यहाँ कार्यपालिका नगर प्रमुख मातहत र नगर प्रमुख पार्टी मातहत देखिन्छन ।

    प्रतिकृया दिनुहोस्

    मजदुर नेता मिलनलाई मातृशोक

    नेकपा (माओवादी केन्द्र) भक्तपुरका नेता एवं अखिल नेपाल ट्रेड युनियन महासंघको बागमति प्रदेश अध्यक्ष सत्यमान...

    केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य...

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ ।...

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका...

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ...