News Portal

  • खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ मंसिर २०८०
    ५४७ पटक
    भक्तपुर, २१ मंसिर २०८०

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा संगठन बिस्तार गरेको छ । चाँगुनारायण २ मा भएको युवा भेलाबाट सुशान्त खड्काको नेतृत्वमा २७ सदस्यीय वडा समिति गठन गरिएको हो ।

    बिहीवार सम्पन्न भेलाले सुशान्त खड्काको नेतृत्वमा २७ सदस्यीय वडा समिति गठन गरेको पार्टीका नगर अध्यक्ष नरेश खड्काले जानकारी गराएका हुन् । उक्त वडा उनको आफ्नै वडा पनि हो । पार्टीप्रति युवामा देखिएको आकर्षण नगर पार्टीलाई उत्साहित पार्ने किसिमको रहेको नगर अध्यक्ष खड्काले जिकिर गरेका छन् ।

    जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको अवसरमा चाँगु-२ मा वाइसिएलको संगठन बिस्तार गरिएको उक्त क्षेत्रमा अभियानको जिम्मेवारी पाएका प्रदेश सदस्य युवराज आचार्यले बताए ।

    बागमती प्रदेश सभाकी सांसद एवं अभियान अन्तर्गत चाँगु नारायणको इन्चार्ज रहेकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य अमृता नेपालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको वाइसिएल इन्चार्ज नरेश रन्जितले जानकारी गराएका छन् ।

    उक्त अवसरमा नेतृ नेपालले समसामयिक राजनीति, पार्टीको पछिल्लो अवस्था र सरकारको उपलब्धीबारे युवाहरुलाई प्रशिक्षित गरेकी थिइन् । उनले व्यवस्था बदल्न माओवादीले गरेको योगदानको स्मरण गर्दै अब जनताको अवस्था बदल्ने जिम्मेवारी पनि माओवादीकै काधमा रहेको बताइन। अरु पार्टीले हल्ला मात्र गर्ने तर आफूहरुले भने काम गर्ने उनको भनाइ छ । पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा मात्र नभई बिग्रेको अर्थतन्त्र सुधार्न समेत सफल भएकोले जनतामा नयाँ आशा पलाएको उनले उल्लेख गरेकी छन् । उनले युवाहरुले हल्लाको पछि नलागी स्व- विवेकले पार्टी छान्नुपर्नेमा जोड दिंदै माओवादी केन्द्रको बिकल्पमा नेपालमा कुनै क्रान्तिकारी पार्टी नजन्मिएको जिकिर गरिन ।

    कार्यक्रममा वाइसिएल नेताहरु दिपेश लामिछाने, सुरेन्द्र सुवाल, लक्ष्मण दुलाल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पूर्व प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव

    durlav thapa sher bahadur deuba

    पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई भक्तपुरका...

    मध्यपुर थिमिमा शहिद परिवारसंग प्रचण्डको सम्यबजी, देशैभर जनलहर बढेको भन्दै दंग

    भक्तपुर, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपुर थिमिका शहिद परिवारसंग...

    भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...

    साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता

    फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...

    सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो

    भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...