पंचायतको न्याय गणतन्त्रमा गायव, चाँगुको बिबादित भवनमा जोडिदै राष्ट्रपति पौडेल

भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले व्यक्तिगत हकभोगको जमिन कब्जा गरी आफ्नो प्रशासकीय भवन बनाएपछि पीडित बनेको ढुंगाना परिवार राष्ट्रपति रामचन्द्र पौडेल बाटै सो भवन उद्घाटन हुने खबर सुनेर झन् पीडित बनेका छन् । राष्ट्रकै अभिभावक रहेका राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन एक औपचारिक कार्यक्रमका बीच भब्य उद्घाटन गर्ने नगरपालिकाले तयारी गरेपछि आफूहरुमाथि थप बज्रपात परेको पीडित जीवन ढुंगानाले बताएका हुन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ खरिपाटी छालिङको घुमाउनेमा नगरपालिकाले व्यक्तिले भोगचलन गरिरहेको जग्गा हडपेर करिब पचास करोड लागतमा भवन बनाएको हो । तत्कालिन जिसस प्रमुख नवराज गेलाल र नगर प्रमुख सोमप्रसाद मिश्रले शिलान्यास गरेको भवनलाई नयाँ नेतृत्वमा आएका नगर प्रमुख जीवन खत्रीले निरन्तरता दिंदै उद्घाटनको तयारी गरेका हुन् । नगरवासीको सेवाका लागि बन्ने प्रशासकीय भवनको शिलान्यासमै स्थानीयले पुस्तौ देखि भोगचलन गर्दै आएको जग्गा प्रयोग भएपछि स्थानीय समेत स्तब्ध भएका छन् । भक्तपुरका बामपन्थी नेता एवं बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले अदालतले निषेधाज्ञा जारी गरेको जग्गामा स्थानीय … Continue reading पंचायतको न्याय गणतन्त्रमा गायव, चाँगुको बिबादित भवनमा जोडिदै राष्ट्रपति पौडेल