News Portal

  • पालिकाहरुले पर्यटकीय गन्तब्यको ब्राण्डिङ्ग तथा प्रचारप्रसार गर्ने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ पुस २०८०
    ३२६ पटक
    भक्तपुर, ७ पुस २०८०

    लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुले आ–आफ्नो पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्ने भएकाछन् । पालिकाहरुको आर्थिक विकासकालागि पर्यटन महत्वपूर्ण आधार भएकोले पालिकाहरु पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसारमा
    लाग्ने भएका हुन् ।

    नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना एवं उद्योग, पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय– लुम्बिनी प्रदेशको समन्वयमा लुम्बिनी प्रदेशको राजधानी दाङ्गको भालुबाङमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएसंगै पालिकाहरु सो अभियानमा जुट्ने भएका पर्यटन बोर्डको मिडिया सेन्टरले जानकारी गराएको हो ।

    लुम्बिनी प्रदेशका २१ वटा स्थानीय पालिका अन्तर्गत जनप्रतिनिधि तथा पर्यटनशाखा/योजनाशाखासंग सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुर्याउने उद्देश्यले भालुुबाङ्गमा कार्यशाला सम्पन्न गरिएको बताइएको छ ।

    उक्त अवसरमा देवदह,कोटहीमाई, रामग्राम, घोराही,लमही,तुलसीपुर, राप्ती,दाङ्ग, बैजनाथ र ठाकुरद्धारा , पुथाउत्तरगंगा,सिंस्ने,रुन्टिगढि, बढैयाताल, स्वर्गद्धारी ,झिम्रुक, राजापुर, तिनाउ, रेसुङ्गा, र छत्रदेवका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो ।

    कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले कार्यशालाबाट हरेक पालिकाले आआफ्नो पालिकाको पर्यटन रणनीति तथा कार्ययोजना निर्माणमा सहयोग पुगेको बताए ।

    नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रवद्र्धन, ब्रान्डिङका विषयमा प्रस्तुतिकरण गर्दै आफ्नो स्थानीय तहमा भएकापर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्दै यसको बजारीकरण गर्नु पर्नेमा जोड दिएका थिए ।

    नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उपप्राध्यापक टि.पि. भुसालले पर्यटन प्रवर्द्धनमा आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख्य गर्दै पर्यटनमा सञ्चारको भूमिका, सामाजिक सञ्जालको प्रयोग र सञ्चार क्षेत्रसंगको सहकार्य लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

    कार्यक्रममा पर्यटन विभागकाअधिकृत प्रयास भट्टराइले विभागले चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशका विभिन्न पालिकामा भइरहको कार्यबारे जानकारी दिँदै पूर्वाधार विकासमा पालिकाहरुसंग भएको सहकार्यबारे प्रकाश पारेका थिए ।
    यस्तै उद्योग पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय लुम्बिनीका अधिकृत गणेश घिमिरेले प्रदेश पर्यटन मन्त्रालयको पर्यटन योजना लगायतकाविषयमा प्रस्तुतीकरण दिए ।

    कार्यशालाबाट आफुहरुले आ–आफ्नो पालिकामा रहेका पर्यटकीय सम्भावनाको कसरी बजारीकरण तथा प्रचारप्रसार गर्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त भएको र सोहीअनुरुप पर्यटन रणनीति तयार पार्ने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले बताए ।

    परियोजनाले यस अघि कोशी, मधेस, सुदुपश्चिम र कर्णाली प्रदेशमा कार्यशाला सम्पन्न गरिसेकेको छ भने यस पछि गण्डकी र बाग्मतीमा कार्यशाला आयोजना गरिने परियोजनाले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...