News Portal

  • सडकको लम्बाई नाप्न पूर्व मन्त्री बस्नेतलाई सांसद थापाको चुनौती

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ पुस २०८०
    ५०३ पटक
    durlab thapaभक्तपुर, १३ पुस २०८०

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले पूर्व सांसद महेश बस्नेतको कार्यकालमा भएको विकास भन्दा आफ्नो कार्यकालमा बढी बिकास भैरहेको भनेका छन् ।

    आफू बिरामी भएर उपचार गराई रहँदा समेत अनावश्यक प्रचारबाजी गरिएको भन्दै उनले कसको कार्यकालमा बढी सडक बनेका छन् नापेर हेर्न समेत पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतलाई चुनौती दिएका छन् ।

    स्वास्थ्य लाभ गरी बुधवार स्वदेश फर्किएका नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले सल्लाघारीस्थित निजी निवासमा पत्रकारहरु संगको कुराकानीमा सो चुनौती दिएका हुन् । पूर्व सांसद बस्नेतले जनतामा आफू मात्र बिकासवादी भन्ने बेतुकको भ्रम फैलाउन खोजेको आरोप लगाउदै सांसद थापाले उपचारमा रहँदा समेत सांसद गायब भन्नु अमानवीय कुरा भएको जिकिर गरे ।

    आफूलाई उद्घाटन र शिलान्यासको भोक नरहेको भन्दै सांसद थापाले स्थानीय सरकारलाई जिम्मेवार बनाएर आफूले समन्वयमा जोड दिएको दावी गरे । सांसद थापाले आफ्नो सचिवालयले सक्रियतापूर्वक काम गरिरहेको जानकारी गराउदै क्षेत्र नं. २ मात्र नभई क्षेत्र नम्बर १ मा पनि बिकास निर्माणमा पहल लिईएको बताए ।

    आफू अझै केही साता आराम गर्नुपर्ने भएकोले बाहिरी कार्यक्रममा सहभागी हुन नसक्ने उनको भनाइ छ । आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको उनले जानकारी गराएका छन् ।

    निर्वाचित भए लगत्तैदेखि मेरुदण्ड र नसा सम्बन्धी समस्या एभिएन पेल्भिसले सताएपछि सांसद थापा गत कार्तिक ३० गते स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका थिए ।

    दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गर्ने भनेर गएका सांसद थापाको त्यहाँस्थित फोर्टिस अस्पतालमा उपचार भएको थियो । डा. सुनिल टुली नेतृत्वको टोलीले उनको दाहिने पट्टिको हिप रिप्लेसमेन्ट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको उनका स्वकीय सचिव सुभाषिस ढकालले जानकारी गराएका छन् । सर्जरी पश्चात पनि दिल्लीमै रही फिजियोथेरापी गरिरहेका उनलाई अस्पतालले अझै केही समय आराम गर्न भनेको स्वकीय सचिव ढकालले जनाएका छन् । उनी बुधवार स्वदेश फर्किएका हुन् ।

    उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव संजीप घिमिरे  शुभचिन्तक र सदस्य दिनेश कार्की त्यसैगरी सल्लाहकारहरु अमर भुजु, पुष्करराज बुढाथोकी र रमेश गिरी सल्लाघारीस्थित बिहीवार थापा निवास पुगेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...