News Portal

  • भक्तपुरमा भारोत्तोलनको राष्ट्रिय प्रतिष्पर्धा हुने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ पुस २०८०
    ४४४ पटक
    भक्तपुर, १५ पुस २०८०

    भक्तपुरमा भारोत्तोलन खेलको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । पुस २४ गतेदेखि भक्तपुरको मध्यपुर थिमिस्थित थिमि ब्याङ्क्वेटमा उक्त प्रतियोगिता हुने भएको हो ।

    नेपाल भारोत्तोलन संघको आयोजनामा हुने २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता थिमि ब्याङ्क्वेटमा यही पुस २४ गतेदेखि हुने संघले आइतवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । प्रतियोगिता तीन दिनसम्म संचालन हुने संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले बताएका छन् ।

    भारोत्तोलन खेल खेलाडीले बार्बेल्समा ‘वेट प्लेटहरू’ जोडेर अधिक भन्दा अधिक तौल उठाउनको लागि प्रतिस्पर्धा गर्दै खेलिने खेल हो। त्यसैले, यस खेललाई ‘वेट लिफ्टिङ्ग’ भनेर चिनिन्छ र यो खेल खेल्ने खेलाडीलाई तौल उचाल्ने अर्थात ‘वेट लिफ्टर’ भन्ने गरिन्छ ।

    प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियन भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियम अनुसार सञ्चालन हुने छ । प्रतियोगितामा विभागीय टोली र देशभरका गरी २ सय ५० पुरुष र महिला खेलाडीको सहभागिता रहने संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले जानकारी दिएका छन् ।

    प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि तौल समूहमा प्रतिष्पर्धा हुने बताइएको छ । यसैगरी जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि र युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुने जानकारी गराइएको छ ।

    प्रतियोगितामा कुल पदक संख्या ५ सय ४० रहने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगिता सञ्चालन गर्न करिव ८६ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । खेलाडीहरुको लागि आउनेजाने यातायात खर्च र प्रतियोगिता अवधीभर खानेबस्ने व्यवस्था आयोजकले गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

    पत्रकार सम्मेलनमा अध्यक्ष बोसले अन्तराष्ट्रिय प्रतियोगिता यस अघि पनि भक्तपुरमा सम्पन्न गरिएको स्मरण गर्दै भारोत्तोलन खेलको राष्ट्रिय प्रतियोगिता भक्तपुरमा भैरहनु गौरवको कुरा भएको समेत बताए । भक्तपुरका २ स्थानीय सरकारहरु मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाले पनि प्रतियोगिताका लागि सहकार्य गरेका जानकारी गराउँदै उनले प्रसन्नता प्रकट गरेका छन् ।

    पत्रकार सम्मेलनमा आयोजक नेपाल भारोत्तोलन संघका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडीहरु तथा भारोत्तोलन खेलकर्मीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...