News Portal

  • चाँगुनारायणको चौधौं अधिवेशन सम्पन्न, ४ विधेयक र एक ऐन पारित

    भक्तपुरपोष्ट संवाददाताचाँगुनारायण, २१ पुस २०८०
    ३२१ पटक
    चाँगुनारायण, २१ पुस २०८०

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा नगरसभाको १४ औ अधिवेशन सम्पन्न भएको छ । छालिङस्थित नयाँ कार्यालय भवनमा शुक्रबार अधिवेशनले सम्पन्न भएको हो ।

    अधिवेशनले चार वटा विधेयक, लेखा समितिको प्रतिवेदन र एउटा  ऐन संशोधनको प्रस्ताव पारित गरेको प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जनाएका छन् ।

    अधिवेशनले विधेयक समितिका संयोजक जयन्द्र खड्काले प्रस्तुत गरेका चाँगुनारायण नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक २०८०, चाँगुनारायण नगरपालिकाको ऐन कानून तर्जुमा र व्यवस्थापन गर्ने सम्बन्धी विधेयक २०८० सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले बताए ।

    यसैगरी अधिवेशनले उपप्रमुख रमेश खड्काले सभामा पेश गरेको चाँगुनारायण नगरपालिकाको विनियोजन ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक विकास समितिका संयोजक श्याम सुन्दर धिमालले पेश गरेको चाँगुनारायण नगरपालिकाको आर्थिक ऐन २०८० मा राजश्वका शीर्षक थप गर्ने प्रस्ताव पनि पारित गरेको पन्थीले जानकारी गराएका छन् ।

    यस्तै वन, वतावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रधानले सभामा पेश गरेका चाँगुनारायण नगरपालिका विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, २०७५ लाई (पहिलो) संशोधन गर्न बनेको विधेयक २०८० र लेखा समितिका संयोजक धन बहादुर लामाले पेश गर्नुभएको बेरुजु फस्र्योट सम्बन्धी लेखा सिमितिको प्रतिवेदन समेत पारित गरेको पन्थीले जानकारी दिए ।
    अधिवेशनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजित बजेटका बारेमा पनि समिक्षा गरेको नगरप्रमुख जीवन खत्रीले बताए । उहाँले नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुचारु भई सकेकोले सेवालाई प्रविधिमैत्री वनाई अझै सरल, सहज र सुलभ रुपमा सबै नगरवासीको पहुंच स्थापित गर्न प्रतिवद्धता प्रकट गरे ।

    भौतिक पूर्वाधार विकास तर्फ मूलपानी चाँगु, छालिङ नाटेश्वरी हुदै नगरकोट निक्लने बाटो, सैनिक व्यारेक देखि छालिङ जोड्ने सडक कालोपत्रे, दुवाकोट मूल सडक कालोपत्र कार्य प्रारम्भ भई सकेको जानकारी दिँदैं उनले चाँगुनारायण फाष्ट ट्रयाकको निर्माण कार्य अघि बढेको र खस्याङ खुसुङ–घट्टेखोला करिडोर निर्माणको कार्य प्रारम्भ हुने चरणमा रहेको बताए ।

    नगरकोट सडक, वीर अस्पतालको लागि निर्माण गरिएका दुवाकोट सडक जस्ता ठूला योजनाहरु चाहँदा चाहँदै र अनेक एकल प्रयासका बाबजुद समयमा सम्पन्न गराउन नसकिएको बताउँदैं उनले विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक एवं पुरातात्वतिक महत्वको चाँगुनारायण मन्दिरको बृहत्तर गुरु योजना निर्माण गरी यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य वनाउने तर्फ अग्रसर रहेको उल्लेख गरे ।
    उनले नगरवासीहरुलाई घर दैलोसम्म गुणस्तरीय सेवा पु¥याउन, कृषि र पर्यटन प्रवद्र्धन गरी नगरकोट पर्यटन बर्ष २०८२ लाई सफल बनाउन एकढिक्का भई लाग्न सम्पूर्ण नगरवासी समक्ष आग्रह समेत गरे ।


    अर्धवार्षिक समीक्षा पेश गर्दै उपप्रमुख रमेश बुढाथोकीले हालसम्म ३३ वटा विकास निर्माण सम्बन्धी योजनाहरु ठेक्का प्रक्रियामा गएको जानकारी दिए । उनले आ. व. २०८०÷०८१ मा आन्तरिक राजस्वतर्फ २४ करोड १६ लाख २५ हजार संकलन गर्ने गरि आन्तरिक राजस्व प्रक्षेपण गरेकोमा पौष महिनाको १९ गते सम्म ८ करोड ५० लाख रुपैंया संकलन भएको बताए ।

    निःशुल्क स्वास्थ्य विमा कार्यक्रम मार्फत पहिलो त्रैमासिकमा २३ लाख ६४ हजार २ सय ५० रुपैयाँ भुक्तान भएको जनाउँदैं मंसिर महिना भित्र नगरपालिका भित्र रहेका दीर्घरोगीका लागि मासिक ५ हजार रुपैयाँका दरले औसधि उपचार खर्च बापत ३९ लाख १९ हजार ५ सय रुपैयाँ भुक्तान भएकोको उनको भनाइ छ ।

    यसैगरी यस आर्थिक वर्षमा हाल सम्म जम्मा १०५ वटा व्यवसाय दर्ता भएको, चालु आ.वमा सामाजिक सुरक्षा भत्ता प्रथम त्रैमासिक किस्तामा समावेश ४ हजार ३ सय १९ जना लाभग्राहीलाई ४ करोड ३७ लाख ८७ हजार ६ सय ३५ रुपैयाँ बैंक मार्फत रकम भुक्तानी गराएको उप प्रमुख बुढाथोकीले बताएका छन्  ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...