News Portal

  • बाल यौन शोषण मुद्दामा फरार तपस्वी भन्ने ३४ वर्षीय बम्जन पक्राउ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २५ पुस २०८०
    ३८० पटक
    भक्तपुर, २५ पुस २०८०

     यौन सन्तुष्टी प्राप्त गर्न बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका प्रतिवादी बारा निजगढ नगरपालिका-१२ रतनपुरी ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टन गाउँ बस्ने तपस्वी राम बहादुर बम्जन भन्ने ३४ वर्षीय रामलाल बम्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    बाराको हलखोरियास्थित बम्जनको आश्रममा आनीको रूपमा रहेकी पीडितलाई बाल यौन शोषण गरेको मुद्दामा संलग्न रही फरार रहेका उनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ अनुमति प्राप्त भएको थियो ।

    बम्जनको खोजी गर्ने क्रममा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टन गाउँमा लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बम्जनलाई चौथो तलामा फेला पारेको र भाग्ने क्रममा पक्राउ गरेको हो । उनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ नेपाली रूपैयाँ बराबरको विदेशी मुद्राहरू तथा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रूपैयाँ गरी जम्मा ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ नेपाली रूपैयाँ, पेनड्राईभ २० थान, मोबाइल १४ थान, ल्यापटप २ थान, आइप्याड/ट्याब ५ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।

    बम्जनको आश्रमबाट विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...