News Portal

  • भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ पुस २०८०
    ४७७ पटक
    भक्तपुर, २९ पुस २०८०

    विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो ।

    भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको आयोजक भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाले पुष्टि गरेका छन् । १९ स्वर्णसहित मध्यपुर थिमी नगरपालिका दोस्रो र ९ स्वर्णसहित सूर्यविनायक नगरपालिका तेस्रो बनेका अध्यक्ष थापाले बताए । ७ स्वर्ण सहित चाँगुनारायण नगरपालिका प्रतियोगिताको पुछारमा परेको छ ।

    पुस २७ देखि २९ गते सम्म संचालन भएको उक्त प्रतियोगितामा नगरपालिकाहरुबाट बिजयी भएर आएका खेलाडी र खेल टोलीबीच प्रतिष्पर्धा भएको थियो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ शुरु प्रतियोगिताको उद्घाटन सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले गरेका थिए ।

    प्रतियोगितामा भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु , कराते, कबड्डीमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा ७ सय बढी विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।

    यसैबीच आइतवार नै बिजयी पालिका र खेलाडीलाई पदक र पुरस्कार वितरण गर्दै १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रम समेत सम्पन्न भएको छ । पूर्व उद्योगमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा पूर्वमन्त्री बस्नेतले स्थानीय सरकारले खेलकुदको बिकासमा सकारात्मक प्रयास गरिरहेका उल्लेख गर्दै खेलकुदले खेलाडीको व्यक्तित्व बिकास गर्ने मात्र नभई देशकै शिर उचो बनाउन सक्ने बताएका छन् ।भक्तपुरमा आफूले अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन प्रयास गरेको तर भक्तपुरका कतिपय राजनीतिक दलहरुले त्यसको विरोध गर्दा त्यो सम्भव हुन नसकेको बताउदै खेलक्षेत्रमा त्यसले ठुलो क्षती पुगेको जिकिर गरे ।

    उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, नगरपालिकाका प्रतिनिधि, नेपाल भलिबल सघका केन्द्रीय उपाध्यक्ष गौतम प्रसाद लासीवा, नेशनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्का, प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ, भक्तपुर भलिबल संघका अध्यक्ष विनोद चरण राय, नेपाल तेक्वान्डो संघका जिल्ला अध्यक्ष श्याम तजले, भक्तपुर एथलेटिक्स सङ्घका अध्यक्ष आशाराम गोथे लगायत विभिन्न खेल सम्बद्ध व्यक्तित्वहरुको आतिथ्यता रहेको भक्तपुर जिल्ला खेलकुद बिकास समितिकी सदस्य रत्नकेसरी प्रजापतिले जनाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...