News Portal

  • सिटिइभिटिका कर्मचारी आन्दोलित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ माघ २०८०
    ५०२ पटक
     भक्तपुर, ११ माघ २०८०

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा कर्मचारीहरु धर्नामा बसेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनले पदपूर्ति लगायत विविध मागहरू राखि धर्नामा बसेकाे हो ।

    गत पुस ०८ गते पाेखरा प्राविधिक शिक्षालय, पाेखरामा बसेकाे नेपाल राष्ट्रिय कर्मचारी संगठनकाे केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठककाे निर्णय अनुसारका चार बुँदे मागपत्र पेश गरेकाेमा व्यवस्थापनले वेवास्ता गरेकाेले साे बुँदामा नर्सिङ कार्यक्रम सम्बन्धि थप एक माग राखि आजदेखि धर्नामा बसेकाे संगठनले जनाएको छ । परिषद्काे मुख्य प्राङ्गणमा मागहरू उल्लेखित ब्यानर सहित संगठनकाे संघर्षकाे अर्काे स्वरूप सम्बन्धि निर्णय नभएसम्मकाे लागि अध्यक्ष, एक जना उपाध्यक्ष र महासचिव गरि तीन जना कार्यालय समयभरि धर्नामा बसेको संगठनका अध्यक्ष तेज खत्रीले बताएका छन् । अध्यक्ष खत्रीले अन्य सम्पूर्ण कर्मचारीहरूलाई यी मागहरूमा ऐक्यवद्धताका लागि समेत आह्वान गरेका छन् । उनको आह्वानले सिटिइभिटिका कर्मचारी आन्दोलनमा समाहित भएका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठनसँग विभिन्न मितिमा व्यवस्थापनले गरेका निर्णय तथा उच्च अदालत, पाटनबाट मिति २०८०/ ०५/२७ गते जारी भएकाे आदेश अनुसार माघ १० गते भित्रमा पदपूर्ति गर्नुपर्ने माग पुरा नभएपछि आन्दाेलनका कार्यक्रम ल्याएकाे संगठनका उपाध्यक्ष कमल ढकालले बताए । याे सँगै जिम्मेवारी हेरफेर, सेवा करार तथा ज्यालादारी कर्मचारीकाे महँगी भत्ता उपलब्ध गराउनुपर्ने, प्रधानमन्त्रीद्वारा घाेषणा गरेकाे सामाजिक सुरक्षाकाे व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरि परिषद् अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न आवश्यक प्रक्रिया शुरू गर्नुपर्ने लगायतका मागहरू राखेकाे महासचिव शिवानन्द मिश्रले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...