News Portal

  • दुधपाटीस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लापरवाही

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ माघ २०८०
    ३१२३ पटक
     भक्तपुर, १२ माघ २०८०

    भक्तपुरको दुधपाटीस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लापरवाही बढ्दै गएको छ । पछिल्लो समय अस्पतालको प्रयोगशालामा समेत म्याद गुज्रेका केमिकल्स प्रयोग हुन थालेका छन्, जसले गर्दा बिरामीको गलत रिपोर्ट आएको खुलासा भएको छ ।

    अस्पतालले रक्त समूह परीक्षण गर्दा गलत रिपोर्ट प्राप्त भएपछि अस्पतालको विश्वसनीयता माथि प्रश्न उठेको हो । मंगलवार शल्यक्रिया गर्नुपर्ने एक बिरामीको रक्त समूह नै फरक पारी अस्पतालले रगतको व्यवस्था गर्न भनेपछि अस्पतालले गम्भीर गल्ती गरेको थाहा भएको छ ।

    मृगौलामा भएको पथ्थरीको अपरेशन गर्न अस्पतालमा भर्ना भएका बिरामी दण्डपाणी न्यौपानेलाई रक्त समूह नै फरक पारी रगत व्यवस्था गर्न अस्पतालले आदेश दिएको उनका आफन्तले जानकारी गराएका हुन् । निश्चिन्त हुन नजिकैको नेपाल रेडक्रसको ल्याबमा पुन: परीक्षण गरेपछि सही रिपोर्ट प्राप्त भएको र पछि आफूहरुले आग्रह गरेपछि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि पुन: रक्त परीक्षण गरी रिपोर्ट सच्याएको उनले बताएका छन् ।

    ”रक्त समूह नै फरक पारेर रगत व्यवस्था गर्न भनेपछि उपचारको विश्वसनीयतालाई लिएर बिरामी निकै आत्तिनु भएको थियो ।” न्यौपानेका आफन्तले भने । रक्त परिक्षणमा संलग्न कर्मचारीले म्याद गुज्रेका केमिकल्स अस्पताल प्रशासनले प्रयोग गराएको कारण रिपोर्ट फरक परेको बताएका उनले जनाएका छन् । आफू सचेत नभएको भए आफ्नो बिरामीको ज्यान नै जोखिममा पर्ने खतरा बारे उनले खुलासा गरे ।

    अस्पताल प्रशासनले भने यसबारे अनभिज्ञता प्रकट गर्दै घटनाबारे थाहा नभएको जनाएको छ ।

    अस्पतालले बिरामीलाई महिनौ पालो पर्खाउने देखि बिमाको सुविधा समेत दिन नमान्ने पुरानै प्रवित्ति यथावतै रहेको अवस्थामा प्रयोगशालामा प्रयोग हुने केमिकल्समाथि पनि यस घटनाले गम्भीर प्रश्न खडा भएको भन्दै अस्पतालकै एक कर्मचारीले चिन्ता व्यक्त गरेका छन् । अस्पतालप्रति ठुलो बिश्वास लिएर मानिसहरु उपचारमा आउने हुँदा यस्ता घटनालाई सामान्य ढंगमा लिन नहुने र अस्पतालको साख गिर्न बाट बचाउनु पर्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...