News Portal

  • भक्तपुरमा १० लिटर पानीले लियो ज्यान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ माघ २०८०
    ४७३९ पटक
     भक्तपुर, १३ माघ २०८०

    भक्तपुरमा तताएको पानीको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ ।

    शनिबार दिउँसो करिब २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको पानीको भाडोमा डुबी ज्यान गएको हो। खाटमा सुतिरहेका लक्ष्मण भुँइमा खस्दा करिब १० लिटर पानी रहेको भाडोमा परेका थिए। लुगा धुने प्रयोजनका लागि उक्त पानी तताएर राखिएको बताइएको छ ।

    लगत्तै उपचारका लागि उनलाई सिद्धी स्मृति अस्पताल पुर्‍याइए पनि सम्बधित चिकित्सकले करिब साढे ३ बजेको समयमा बालकलाई मृत घोषित गरिदिएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...

    ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने प्रधानमन्त्री ओलीको जिकिर

    प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले ढल्यो ढल्यो भन्दैमा सरकार नढल्ने जिकिर गरेका छन् । पछिल्ला...

    निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व

    नेपाल निजामती कर्मचारी युनियन भक्तपुरमा नयाँ नेतृत्व निर्वाचित भएको छ । युनियनको नवौं अधिवेशनले निरज...

    बालकोटमै आएर गगन थापाको चुनौती, प्रधानमन्त्रीले राम्रो काम नगरेका दाबी

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेका खुलासा गरेका छन् । प्रधानमन्त्रीलाई...