News Portal

  • आगामी बजेटले समाजवादी धार समात्ने, बजेटबाट क्रान्ति गर्ने प्रधानमन्त्रीको उद्घोष

    भक्तपुरपोस्ट संवाददाताबीरगन्ज, १५ माघ २०८०
    ४६३ पटक
    बीरगन्ज, १५ माघ २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको बजेटले सामाजिक न्यायलाई सम्बोधन गर्दै समाजवादी धार समात्ने सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र उत्पादन लगायतका हरेक क्षेत्रमा सामाजिक न्यायको जनताले महसुस गर्नेगरी बजेट केन्द्रित हुने उनले सार्वजनिक गरेका हुन् ।

    वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने मात्र नभई यो ऐतिहासिक हुने पनि दावी गरे ।

    प्रधानमन्त्री प्रचण्डले भने, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।”

    आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए ।

    नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए ।

    पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सिमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए ।

    सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध ससक्त कदम चालेको भन्दै सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    विचार निर्माण र संश्लेषण गर्ने कार्यमा प्रेस सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले सरकारले गरेका काम र पार्टीको अभियानलाई जनतासमक्ष पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिए ।

    यसबीचमा आफुले विश्वका धेरै नेता र बुद्धिजिवीका माझमा नेपालको पहिचान र गरीमा बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनसम्म आइपुग्दा नेपालको पहिचान धेरै माथि पुगेको छ भन्ने कुरा विश्वका नेताले महसुस गरेको पाएको छु ।”

    सूचना प्रविधिको क्षेत्रमा विश्वले राम्रो प्रगति गरेको भएपनि  सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भैरहेको उनको भनाइ छ । नेपालमा पनि सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको प्रति प्रधानमन्त्री प्रचण्डले चिन्ता ब्यक्त गरेका छन् । परिवर्तनलाई बदनाम गर्ने प्रबृत्ति बढिरहेको बताउदै उनले त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्नेमा जोड दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...