News Portal

  • भक्तपुर अस्पतालको नेतृत्वमा तेस्रो पटक डा गौतम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ माघ २०८०
    २२६४ पटक
    Sumitra gautam भक्तपुर, १७ माघ २०८०

    भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुन: डा सुमित्रा गौतम नियुक्त भएकी छन् । बागमती प्रदेश सरकारले तेस्रो पटक पुन: डा गौतमलाई भक्तपुर अस्पतालको प्रशासनिक नेतृत्व सुम्पेको हो ।                                                                                                                ११ औँ तहकी विशेषज्ञ चिकित्सक डा गौतम प्रदेशअन्तर्गत नपर्ने भन्दै संघले काज फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल असन्तुष्ट रहदै आएका थिए । भक्तपुर अस्पताललाई सर्वोत्कृष्ट बनाउन नेतृत्व लिएकी अस्पताल प्रमुखलाई फिर्ता लिन प्रदेश संग परामर्श नगरेको भन्दै उनी संघीय मन्त्रालयसंग असन्तुष्ट रहेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन: डा गौतमलाई प्रदेशमा काज सरुवा गरेसंगै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उनलाई भक्तपुर अस्पतालको मेसुमा पदस्थापन गरेको हो ।                                                                              भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले महत्वका साथ बिकास गरिरहेको छ । मुख्यमन्त्री जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार एवं भक्तपुरका बौद्धिक नेता डिपी ढकालले प्रदेशको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्ने सार्वजनिक अभिव्यक्ति नै दिँदै आएका छन् । यसै आर्थिक वर्षमा अस्पतालको सिटी स्क्यान मसिन खरिदका लागि ढकालकै पहलमा करिब ८ करोड रुपैयाँ बजेट बिनियोजन भएको भक्तपुर अस्पताललाई ३ सय शैयाको बनाइने प्रदेश सरकारले घोषणा समेत गरिसकेको छ । भक्तपुर अस्पतालको नाडी चाल पाएकी मेसु डा गौतमले प्रदेशको अपेक्षा पूरा गर्नसक्ने बिश्वास प्रदेश सरकारले गरेको देखिन्छ ।                                                                             डा गौतम संघीय मन्त्रालयमा तानिएछि भक्तपुर अस्पतालको मेसु भएका डा त्रिभुवन चन्द्र झालाई भने नुवाकोट सरुवा गरिएको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...