News Portal

  • संस्कृती जीवन्त बनाइराख्न वाइसीएल भक्तपुरको पहल, युवाहरूलाई धिमेबाजा र तालिम

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, १८ माघ २०८०
    ८८३ पटक
    मध्यपुर थिमि, १८ माघ २०८०

    योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल,नेपाल)को भक्तपुर जिल्ला समन्वय समिति संस्कृती र परम्पराको प्रवर्द्धनमा लागिपरेको छ । समाजमा पश्चिमा संस्कृति र संगीतको प्रभाव पर्दै गइरहेको सन्दर्भमा सांस्कृतिक विधाहरूको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले युवाहरूलाई वाइसीएलले नि: शुल्क धिमे र भुस्या बाजा बितरण गर्नुका साथै तालिम समेत संचालन गरेको हो ।                                                                                                                                        बुधबार वडा नम्बर ७ को युवा समितिलाई दुई सेट धिमे र भुस्या बाजा बितरण कार्यक्रमलाई सम्बोधन गर्दै वाइसीएलका संस्थापक महासचिव एवं नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिलिप कुमार प्रजापतिले राजनीतिक र बैचारिक बिकासका लागि सामाजिक ब्यक्ति बन्नसक्नुपर्ने पहिलो सर्त भएको बताए । युवाहरुले समाजले रुचाएका सस्कृती र परम्परालाई जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए । सामाजिक मूल्यमान्यता बिना मानिसको पहिचान लोप हुने स्पष्ट पार्दै उनले परम्परागत ज्ञान र सीपलाई अगाल्नु सचेत युवाहरूको महत्वपूर्ण जिम्मेवारी भएको जिकिर गरेका छन् ।
    वाइसीएलको मध्यपुर थिमि वडा नं. ७ समितिले श्री शिद्धि गणेश न्हु धिमे बाजा खलःको सहकार्यमा २० जना स्थानीय युवालाई दैनिक धिमेबाजाको प्रशिक्षण दिने वाइसीएल भक्तपुरका इन्चार्ज नरेश रन्जितले जनाएका छन् । आफूहरुले तयार पारेका प्रशिक्षक दिपेस बाडे र रोनिस साहु श्रेष्ठले दैनिक २० जना युवाहरुलाई धिमेबाजा प्रशिक्षण दिने उनले जानकारी गराएका हुन् ।

    वाइसीएलले संस्थागत लेवीका साथै ब्यवसायी एवं समाजसेवी श्रीभक्त कासिछ्वाको सहयोगका धिमे र भुस्या बाजा खरिद गरि वितरण गरेको वाइसीएल भक्तपुरका अध्यक्ष सरराज उप्रेतीले बताएका छन् । यसका लागि फ्रेन्ड्शिप प्रालिको पनि सहयोग रहेको उप्रेतीले जनाएका छन् ।                                                                                                                                                  नेवा: समुदायमा विभिन्न जात्रा, पर्व, उत्सव र उमंगका अवसरमा धिमे बाजा बजाइन्छ । नेवा: संस्कृतिको धड्कन जस्तै बजेको बाजा सिकाउन सहयोग गर्न पाएकोमा ब्यवसायी एवं समाजसेवी श्रीभक्त कासिछ्वाले सन्तोष ब्यक्त गरेका छन् । युवाहरु राजनीतिमा मात्र सीमित नरहेका यसले सन्देश दिएको र वाइसीएलको यस् पहलले नेवा: समाजलाई जीवन्त बनाइराख्न सहयोग पुर्याउने उनले बिश्वास ब्यक्त गरेका छन् ।                                                                        उक्त अवसरमा वाइसीएल केन्द्रीय सदस्य समेत रहेका  मध्यपुर थिमिका युवा नेता राजु कुटु, प्रदेश सदस्य बिराज था श्रेष्ठ, नगर अध्यक्ष सजन प्रजापति, वडा पार्टी सचिव रामजी टकु लगायतको समेत उपस्थिति रहेको वाइसीएल जिल्ला सचिव सुरेन्द्र सुवालले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...