News Portal

  • ग्रेस एफएमको १ महिने उद्घोषण तालिमसंगै विशेष कविता वाचन कार्यक्रम सम्पन्न

    बाबुराम दाहालभक्तपुर, २७ माघ २०८०
    ९५७ पटक
    sanjeep ghimire at grace fmभक्तपुर, २७ माघ २०८०

    बाबुराम दाहाल । भक्तपुर, २७ माघ २०८०

    ग्रेस एफएमले विशेष कार्यक्रमका बीच १ महिने रेडियो तथा मञ्च उद्घोषण कला प्रशिक्षण एवम् सीप अभिवृद्धि तालिमको समापन गरेको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री एवम् लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष डा. केशवमान शाक्यको प्रमुख आत्थ्यतामा आयोजित विशेष कार्यक्रमका बीच तालिम समापन भएको हो ।

    शनिवार सूर्यविनायकमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा शाक्यले उद्घोषणकला आफूलाई प्रस्तुत गर्ने कला मात्र नभई अरुलाई बुझ्ने कला पनि भएको बताए । उद्घोषणलाई सामान्य रुपमा लिन नहुनेमा जोड दिंदै उनले उद्घोषकले मानिसको मनोविज्ञान अनुसार कार्यक्रमलाई प्रभावकारी पार्न सक्नुपर्ने प्रष्ट पारे ।

    ग्रेस एफएमले उद्घोषण कला प्रशिक्षण एवम् सीप अभिवृद्धि तालिम संचालन गर्नु सह्रानीय कार्य भएको भन्दै पूर्व मन्त्री शाक्यले यसले मानिसको आत्मविश्वासमा वृद्धि हुने र कामका अन्य क्षेत्रमा पनि मद्दत पुर्याउने बिश्वास व्यक्त गरे ।

    कार्यक्रमका सभापति एवं ग्रेस एफएमका स्टेसन म्यानेजर केशव लुइँटेलले क्षमता विकासका यस्ता तालिमलाई अघि बढाइरहने प्रतिवद्धता प्रकट गरेका छन् । आफ्नो एफएमका कर्णप्रिय एवं लोकप्रिय प्रशिक्षक रामगोपाल आशुतोषले पूरै मिहिनेत लगाएर तालिम प्रदान गरेको उनले जानकारी गराए ।

    उक्त अवसरमा प्रशिक्षक रामगोपाल आशुतोषले आफ्नो नोकरी र पेशामा अब्बल प्रशिक्षार्थीहरु पाएकोमा सन्तोष व्यक्त गरे । उद्घोषण कलाले उनीहरुमा थप निखार ल्याउने बिश्वास व्यक्त गर्दै आशुतोषले तालिम प्रशिक्षक र प्रशिक्षार्थी दुवैको ज्ञान आदानप्रदान गर्ने माध्यम भएको बताएका छन्  ।

    १ महिने रेडियो तथा मञ्च उद्घोषण कला प्रशिक्षण एवम् सीप अभिवृद्धि तालिमको समापन समारोहको संचालन प्रशिक्षार्थी उर्मिला खतिवडा घिमिरेले गरेकी थिइन् । उनी जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रशासकीय अधिकृत समेत हुन् । त्यस्तै तालिमको अनुभव बाढ्दै प्रशिक्षार्थी विष्णुहरि थापाले तालिमपछि आफूलाई अभिव्यक्त गर्ने कलामा वृद्धि भएको बताए । थापा जिप्रकाका लेखापाल हुन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तक एवं कवियत्री लक्ष्मी थापाको समेत आतिथ्यता रहेको थियो ।

    उक्त अवसरमा विशेष कविता वाचन कार्यक्रम समेत सम्पन्न भएको छ । प्रमुख अतिथि पूर्वमन्त्री डा शाक्यले कविता वाचन गरी शुभारम्भ गरिएको कार्यक्रममा उदय निरौला, अभय श्रेष्ठ, प्रेमीला राइ, राधिका कल्पित, रमी प्र्रिया, तिर्थराज भट्ट, नविन प्रकाश श्रेष्ठ, भारती न्यौपाने, सामना पहाड, राज्नि मिला, लक्ष्मी थापा, दधिराम गेलाल, सुरेश गाउँले, रामशरण न्यौपाने, सुमन शरभ, मिमाला शर्मा र छन्दविज्ञान निरौला लगायतका कविहरुले कविता वाचन गरेका एफएमकी प्रस्तोता कन्चन जिआरले जानकारी गराएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...