News Portal

  • मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० सम्पन्न, बिजेताका रोकिएनन् हर्षाश्रु

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ फागुन २०८०
    ३२७ पटक
    भक्तपुर, ५ फागुन २०८०

    सूर्यविनायक  नगरपालिका वडा नम्बर ९ स्थित मदरल्याण्ड इंगलिस सेकेण्डरी स्कूलले मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० प्रतियोगिता सम्पन्न गेरेको छ । शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा सम्पन्न फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड-२०८० घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८० जेसिक नेपाल घोषित भएका छन् ।

    विद्यालयले पहिलोपटक गरेको यस खाले प्रतियोगितामा विद्यार्थीहरुको उत्साहप्रद सहभागिता देखिएको थियो । उनीहरुलाई हौसला प्रदान गर्न अभिभावक बोडेको तालिम हलमा खचाखच भरिएका थिए ।

    ४ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै टाइटल उपाधी जितेपछि बिजेताहरुले हर्षको आशु थाम्न सकेनन । उनीहरुको हर्षाश्रुले अभिभावक समेत भावविभोर भएका थिए ।

    यसैगरी छात्रातर्फ अप्रिल सिल्पकार फष्ट रनरअप, झरना देउवा सेकेण्ड रनरअप, दिक्षा बस्नेत थर्ड रनरअप र इसानी थामी फोर्थ रनरअप भएका छन् । साथै छात्रतर्फ फष्ट रनरअप आयन जंग कटवाल, सेकेष्ड रनरअप साइमन मगर र थर्ड रनरअफ उत्सब खत्री घोषित भएका छन् ।

    प्रतियोगितामा प्रतिष्पर्धी सबै विद्यार्थीलाई उनीहरुको विशेष क्षमता पहिचान गरी पुरस्कृत गरिएको थियो । आफना बालबालिकाले स्टेजमा देखाएको आत्मविश्वासले अभिभावक दंग देखिएका थिए ।

     

    सुमी बानियाको कोरियोग्रीफी रहेको उक्त कार्यक्रम रोजिन शाक्यले संचालन गरेका थिए । ग्रान्ड फिनालेको निर्णायकमा शिक्षाविद डा कृष्ण प्रसाद ग्वाछा, गोविन्द बहादुर खड्का र विजय कर्माचार्यका साथै मिसेस नेपाल आइकन २०२३ की वीनर मेरिशा सुवाल मालाकार रहेका थिए ।

    प्रतियोगितामा छात्रातर्फ विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । जसमा वेष्ट वाकतर्फको अवार्ड अप्रिल सिल्पकार, मोष्ट डिसिप्लेन निर्जला खत्री, मोष्ट डिजरभिङ कृष्तिका भण्डारी, मोष्ट ट्यालेन्ट श्रीया बस्नेत, वेष्ट स्माइल प्रसादी बस्नेत, मोष्ट एक्टिभ झरना देउवा, वेष्ट प्रसनाल्टि सुवास्ना कार्की, वेष्ट आर्टवर्क करुणा घिमिरे भएकी छिन् ।

    यसैगरी वेष्ट स्पीच एरिना बखुन्छे, फेसबुक च्वाइस न्यान्सी खड्का, भ्यूअर्स च्वाइस श्रीयाम्सी श्रेष्ठ, वेष्ट प्रफर्मर करिष्मा चौलागाई, मिस परफ्याक्ट जेसिका श्रेष्ठ, क्यूटेष्ट बेबी अफ द इयर ओइक्षा बस्नेत, मोष्ट फोटोजेनिक कास्भी खड्का, मोष्ट कन्फिडेन्ट अदृशा तिवारी, मोष्ट व्यूटिफूल आइज निशा ठाकुर, वेष्ट कुकिङ प्राप्ती खत्री, मोष्ट फ्रेन्ड्ली शाभ्य बुढाथोकी भएकी छिन् ।

    साथै वेष्ट डान्स तर्फको अवार्डमा अप्रिल शिल्पकार, मोष्ट क्रेयटिभ पाल्साङ डोल्मा घिसिङ, ब्यूटि उइथ ब्रेन अग्रता पोखरेल, म्यानेजमेन्ट च्वाइस कृतिका भण्डारी, मोष्ट इन्टेलिजेन्ट अष्का तामाङ, मोष्ट इष्टाइलिष्ट प्रीयान्सु थापा, मोष्ट चार्मिङ दिपिका पहरी, वेष्ट हेयर सुप्रिया तामाङ, मिस कन्जेनिलिटी रिमा मोक्तान, मोष्ट फेसनिष्ट नेहारिका ख्याजु, ब्यूटि वीथ ट्यालेन्ट स्यारोन ग्वाछा, म्यानेजमेन्ट च्वाइस इसानी थामी र वेष्ट फिगरतर्फको अवार्ड सुप्रिया तामाङले प्राप्त गरेकी छिन् ।

    यस्तै प्रतियोगितामा छात्रतर्फ समेत विभिन्न विधामा अवार्ड वितरण गरिएको छ । जसमा वेष्ट वाकतर्फको अवार्ड रोमन मगर, वेष्ट स्पीच जेसिक नेपाल, वेष्ट सिंगर साम्युल खड्का, वेष्ट डान्सर अनुभव खत्री, वेष्ट आर्टवर्क साइमन मगर, मोष्ट ट्यालेन्ट आयन जंग कटवल , मिस्टर हेन्डसम प्रशंग श्रेष्ठ, फेसबुक च्वाइस जेनिस खत्री, भ्यूवर्स च्याइस जेसिक नेपाल , मोष्ट डिसिप्लेन जेसन बराल, मोष्ट एक्टिभ उत्सब खत्री , मोष्ट फ्रेण्डली सविन श्रेष्ट, मोष्ट फोटोजेनिक आयन जंग कटवाल, मिस्टर प्रफेक्ट उदिप मगर, मोष्ट कन्फिडेन्ट रोमन मगर , वेष्ट प्रफर्मर पुकार दाहाल, मोष्ट डिजर्भिङ रोमन मगर र सुप्रिम थापा, बेष्ट प्रस्नाल्टी दृटान्त कार्की र म्यानेजमेन्ट च्वाइसको अवार्ड सुजल लामाले प्राप्त गरेका छन् ।

    साथै छात्र र छात्रा तर्फको वीनरलाई ६ महिना, फस्ट रनरअपलाई ३ महिना, सेकेण्ड रनरअपलाई २ महिना, थर्ड रनरअपलाई १ महिना र फोर्थ रनरअपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति स्वरुप छुट दिने जानकारी विद्यालयकी संचालक शर्मिला देउजाले दिइन । उक्त प्रतियोगितामा ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र फाईनल प्रतिस्पर्धामा सहभागि रहेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिदै कार्यक्रमको सपोर्टर सलिको ईन्सोरेन्स, ग्रीन बुक्स, मेघा पब्लिकेशन, ओयसिस पब्लिकेशन, होटल सिटी गाऊँ, सत्यशक्ति पुस्तक भण्डार र वल्डट्रेक्स फेब्रिक हाउस तथा सबै मिडिया पार्टनरलाई धन्यवाद दिएका छन् ।

    उक्त प्रतियोगिताको उद्घाटन भने सूर्यविनायक नगरपालिकाको मेयर बासुदेव थापाले गरेका थिए । मेयर थापाले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटन र आत्मबल बृद्धि गर्ने बिश्वास ब्यक्त गर्दै विद्यालयमा किताबी ज्ञानसंगै अतिरिक्त क्रियाकलापको निरन्तरतामा समेत जोड दिएका छन् । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका ९ का वडाध्यक्ष भगवान खत्री, वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकका साथै शिक्षासँग सरोकार राख्ने विज्ञ र अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...