News Portal

  • रक्सि नखाउ भन्दा गयो ज्यान

    भक्तपुर, १२ फागुन २०८०
    ३९९ पटक
    भक्तपुर, १२ फागुन २०८०

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ ।

    रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का ५१ वर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाति २३ वर्षीय डिल्लीराम खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

    शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित त्रिवेणीतर्फ जाने सडकको छेउमा हस्तराम मृत फेला परेका थिए। त्यसपछि जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको टोलीले डिल्लीरामले लगाएको चप्पलमा रगत देखेपछि सोधपुछका लागि उनलाई दिउँसो नियन्त्रणमा लिएको थियो ।

    सोधपुछका क्रममा नाति डिल्लीरामले नै हस्तरामको हत्या गरेको स्वीकार गरेको इन्स्पेक्टर खड्काले बताए। बाजेले नातिलाई रक्सी नखान सम्झाउँदा भनाभन भएको र त्यही क्रममा नातिले हजुर बालाई लडाएर चिर्पट प्रहार गर्दा ज्यान गएको प्रहरीको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...