News Portal

  • देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ फागुन २०८०
    ३४७ पटक
    भक्तपुर, १९ फागुन २०८०

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले
    युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको बताएका छन् । शनिबार गोरखा पत्रकार समाजका प्रतिनिधि संग कुरा गर्दै उनले सोकुरा बताएका हुन् ।                                                                       ‘रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था छैन, युवा पलायन रोक्ने पट्टी केन्द्रित हुनु जरुरी छ । उनले भने । युवाहरूलाई सकारात्मक सन्देश दिने गरि सरकारले काम गरिरहेको समेत उनले जिकिर गरेका छन् ।

    सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको उनको भनाइ छ बताएका छन् । भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने उनले प्रतिबद्धता प्रकट गरे ।

    राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको भन्दै उपप्रधान मन्त्री श्रेष्ठले व्यवस्थाविरुद्ध उठेका आवाजविरुद्ध सचेत हुनपर्ने आवश्यकता औल्याएका छन् । “व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा ठुलो भिन्नता आउन सकेको छैन । विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले जनतामा निराशा छाएको छ, उनले भने सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी सरकारले काम गर्छ ।”

    युवाहरूमा दुव्र्यसनीको सिकार हुने क्रम बढेकोले सरकारले अब देशैभर हरेक पालिकामा रिह्याब सेन्टर खोल्ने अभियान चलाउने तयारी गरेको पनि उनले खुलासा गरेका छन् ।
    शान्ति प्रक्रियालाई निष्कर्ष पुर्याउन सरकार प्रयत्नशील रहेको भन्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...