News Portal

  • आयुर्वेद चिकित्साप्रति भक्तपुरका बिदेशी पर्यटकसमेत आकर्षित

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २९ फागुन २०८०
    १०५५ पटक
    भक्तपुर, २९ फागुन २०८०

    पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो ।

    भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बिदेशी पर्यटकहरु उपचारका लागि आउनेगरेका जानकारी गराए । आफू बसेको होटल र गाइडसंग सोधीखोजी गरेरै बिदेशी पर्यटक आयुर्वेद स्वास्थ्य केन्द्र आउने गरेका उनले जनाएका छन् ।

    फागुन महिनामा करिब १ दर्जन बिदेशी पर्यटकले आयुर्वेद स्वास्थ्य उपचार सेवा लिईसकेका छन् । भक्तपुरमा प्राप्त आयुर्वेद स्वास्थ्य सेवाबाट सन्तुष्ट रहेको केन्द्रमा भेटिएकी थाइल्याण्डकी एक पर्यटकले बताएकी छन् ।

    पछिल्लो समय भक्तपुरमा पनि आयुर्वेद चिकित्सा प्रति बिश्वास बढ्दै गएको छ । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा बिरामीहरुको बिश्वास बढ्न थालेको हो । बाटो पर्दा मात्र पस्ने बिरामी अचेल धाएरै यो सरकारी स्वास्थ्य केन्द्र पुग्न थालेका देखिन्छन् ।

    केन्द्रमा पञ्चकर्म/पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर तथा फिजियोथेरापी, अग्निकर्म र बिद्धकर्म लगायतका सेवाहरु नि:शुल्क प्रदान गरिँदै आएको छ । केन्द्रले २३ प्रकारका औषधी नि:शुल्क र अन्य आवश्यक औषधीहरु सर्वसुलभ मूल्यमा आफ्नै औषधालयबाट वितरण गर्दै आएको पाइन्छ ।

    गत आर्थिक वर्षको भन्दा यस वर्ष केन्द्रमा बिरामीको चाप बढेको केन्द्रले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...